×

NMB BANK
NIC ASIA

धनगढी- चैत ६ गते धनगढी उपमहानगरपालिका–७ स्थित निर्माधिन रिङ रोडमै रहेको पोलमा ठोक्किएर जीप दुर्घटना भयो । जीपमा सवार ४ जना घाइते भए ।

Muktinath Bank

२ हप्ता अगाडि सोही रोडको मनेहरा क्षेत्रमा मोटरसाइकल चालकले रोडको बीच भागमा रहेको रुखलाई पन्छाउन खोज्दा नालीमा परे । मोटरसाइकलमा क्षति पुग्यो भने चालक घाइते भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढी उपमहानगरपालिका क्षेत्रमा निर्माणाधीन रिङ रोडमा घट्ने यी प्रतिनिधि घटना मात्रै हुन् । जहाँ दैनिक सडक दुर्घटना हुँदै आएका छन् ।


Advertisment
Nabil box
Kumari

कोलोपत्रेको शुरूआत गरिएको रोडमा रुखैरुख र केही विद्युतका पोल छन् । यस्तो अवस्थामा सो सडक सघन सहरी विकास आयोजनाअन्तर्गत कालोपत्रेको काम गत शनिवारदेखि शुरूआत गरिएको छ ।

Vianet communication

कटानको अनुमति नपाएपछि सडकभरि रुख रहेको अवस्थामा कालोपत्रेको काम भइरहेको छ । नेपाल सरकारको सघन सहरी विकास आयोजनाअन्तर्गत धनगढी बजार क्षेत्र आसपासका ग्रामीण वस्तीमा निर्माणाधीन सडक रुख रहेकै अवस्थामा कालोपत्रे गर्न लागिएको छ ।

स्थानीयवासिन्दाले भने सडकमै रुख राखेर कालोपत्रे भए सडक दुर्घटनामा उल्लेख वृद्धि हुने बताउँदै आएका छन् । मनेहराकी स्थानीय रेवती ठकुल्लाले भनिन्, ‘कालोपत्रेको तयारी हुँदासम्म त दिनहुँ आफ्नै आँखै अगाडि दुर्घटना देखिरहेका छौं । पछि त झन् कस्तो–कस्तो देख्नु पर्ने हो ।’

मनेहराका अर्का स्थानीय भुखाली चौधरीले सडकमा भएको रुखले सडक दुर्घटना हुनुका साथै स्थानीयहरू जोखिममा रहेको बताए । ‘बीचमा रहेका रुखले दुर्घटनाको जोखिम त छँदै छ । रुखका हाँगा खसेर पनि दुर्घटना हुँदै आएका छन् । हाम्रो भनाइ वन विनाश गरौं भन्ने होइन । तर बीच सडकमा रहेका रुख काटेर मात्र कालोपत्रे गर्नुपर्‍थ्यो  भन्ने हो । तर के गर्नु,' निन्याउरो मुख लगाउँदै चौधरीले भने, 'रुख काट्न खोजे वनले दिँदैन । रुख पहिलादेखि छ कि तिमीहरू पहिला बस्न आयौ ? भनेर सवाल गर्छन् । मुखै बन्द हुन्छ ।’

आयोजना अन्तर्गत झण्डै २ अर्बको लागतमा धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोडसहित ९२ किलोमिटर सडक निर्माण भइरहेको छ । संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीका अनुसार निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटर क्षेत्रको केही खण्डमा २ सय ८४ वटा सानाठूला रुख पर्छन् । 

बजार आसपासका वस्तीमा पहिलेदेखि नै चलनचल्तीमा रहेका यी कच्ची सडकअन्तर्गत रुख भएका ठाउँमा रुख वरिपरि हिँड्ने बाटो थियो । रुख काट्ने अनुमति पनि नपाइएको र रुख भएका ठाउँमा सडक यताउता सारेर निर्माण गर्ने अवस्था पनि नरहेको भन्दै यथावत् अवस्थामै कालोपत्रे गर्ने तयारी कार्यालयले गरेको छ । 

आयोजना कार्यान्वयन ईकाइ प्रमुख सुरेशकुमार वाग्लेले रुख भएको स्थानमा रुख परिपरि केही ठाउँ छाडेर अन्यत्र कालोपत्रे गरिने बताए । यसअघि चलनचल्तीमै रहेका कच्ची सडक स्तरोन्नतिका लागि छनोट गरिए पनि रुख काट्ने अनुमति नपाउँदा समस्या भएको वाग्लेले बताए । वातावरणीय प्रभाव मूल्यांकन गरी रुख कटान अनुमतिका लागि गत असारअघि नै फाइल वन मन्त्रालयमा पठाइए पनि स्वीकृति नपाएको उनले जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x