×

NMB BANK
NIC ASIA

जनकपुरधाम- नेपालका २८ जना बालक भारतको विभिन्न बाल आश्रममा रहेको कुरा खुलेको छ । धनुषा, महोत्तरी, सिरहा र सर्लाही जिल्लाका कुल २८ जना बालक भारतको चेन्नईमा रोजगारीका लागि जाने क्रममा भारतको प्रशासनले नियन्त्रणमा लिएको हो ।

Muktinath Bank

गत चैत १४ गते भारतको बिहारस्थित सितामढी नाका हुँदै गइरहेको अवस्थामा त्यहाँको प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिएको हो । धनुषाका ११ जना,महोत्तरीका १२ जना, सिराहाका ३ जना र सर्लाहीका २ जना गरी कुल २८ जनाको समुहलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१५ देखि १७ वर्ष उमेरका ती बालकहरूको समूहलाई नियन्त्रणमा लिएपछि सीतामढीस्थित बाल कल्याण समितिको बाल आश्रममा राखिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले लोकान्तरलाई जानकारी दिए । नियन्त्रणमा रहेका बालकहरू दलित समुदायका १९ जना, ४ जना पासवान, २ जना यादव र १ जना मुस्लिम समुदायको रहेको कुरा खुलेको छ ।


Advertisment
Nabil box
Kumari

भारतको सीतामढीका बाल कल्याण समितिले नेपालको केन्द्रीय बाल कल्याण समितिलाई पत्रमार्फत औपचारिक रूपमा त्यसको जानकारी समेत गराइसकेको छ । चैत १८ गते सीतामढीको बाल कल्याण समितिका अध्यक्ष  विश्वास भाजनले नेपालको केन्द्रीय बाल कल्याण समितिलाई पत्राचार गरेर प्रक्रिया पुर्‍याएर बालकहरूको उद्धार गर्न अनुरोध गरेका छन् । 

Vianet communication
Laxmi Bank

त्यसपछि केन्द्रीय बाल समितिले भारतको सीतामढी बाल समितिले नेपालको जनकपुरकै एक जना सामाजिक अभियन्ता सरोज रायलाई पहल गर्न आग्रह गरेको थियो । ‘हामीले २६ जना बालकको नाम, ठेगाना र अभिभावकसँग समेत सम्पर्क गरेर उद्धारका लागि जुटेका छौं,’ उद्धार कार्यमा संलग्न भएका रायले भने, ‘धनुषा र महोत्तरीको जिल्ला प्रशासन कार्यालयमा पुगेर नै त्यसबारे जानकारी गराएको र सिरहा तथा सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत घटनाबारे जानकारी समेत गराइसकेको छु ।’ राय भारतको सीतामढी पुगेर नेपालका बालकहरूसँग भेट गरेर समेत फर्किसकेका छन् ।

चार वटै जिल्लाका अभिभावकलाई जिल्ला प्रशासनमा बोलाएर अभिभावकको नागरिकताको प्रतिलिपि, सन्तानको जन्म दर्ताको प्रमाण, नाता प्रमाणितको प्रमाणसहित वडा कार्यालयको सिफारिस लिएर धनुषाका ९ जना अभिभावकको कागज तयार गरिएको छ । धनुषाका सहायक प्रजिअ अर्यालका अनुसार भारतको दरभंगामा रहेको २ जना र सीतामढीमा रहेको २६ जना बालकलाई उद्धार गर्न आवश्यक तयारी पूरा गरिएको छ । ‘अरू जिल्लामा कागजी प्रक्रिया पूरा गर्न समय लागे धनुषाको बालकलाई छुट्टै पनि उद्धार गर्न सकिन्छ,’ अर्यालले भने, ‘तर हामी चार वटै जिल्लाको बालकलाई एकसाथ उद्धार गर्न कोशिश गरिरहेका छौं ।’ 

शुरूमा २६ जना बालकलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएर नेपालसँग त्यसको कुराकानी पत्र मार्फत अघि बढाइरहेकै बेला धनुषाको थप दुई बालक हराइरहेको विषय बाहिर आयो । उनीहरूको खोजी गर्दा भारतको दरभंगामा फेला परेपछि त्यहीँकै बाल समितिको आश्रममा राखिएको सहायक प्रजिअ अर्यालले बताए ।

उद्धार प्रक्रियामा संलग्न अभियन्ता रायका अनुसार जुन दिन २६ जना बालक समातिए त्यही दिन करिब १५ जना बालकको समूह भारतमा गइसकेको छ । उनीहरूको पनि खोजी कार्य जारी रहेको छ । भेट्टिएलगत्तै उनीहरूको पनि उद्धार प्रक्रिया अगाडि बढाउने रायले बताए ।

बाल श्रम नियन्त्रणका लागि भारत सरकारले विभिन्न नाकामा कडाइ गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x