नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा काठमाडौंको पेप्सीकोलामा

चैत २७, २०७५

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा आफ्नो ७९ औं शाखा विस्तार गरेको छ । का.म.न.पा. वडा नं ३२, पुरानो सिनामंगलस्थित पेप्सिकोलाको टाउन प्लानिङमा बैंकले शाखा खोलेको हो । आजैबाट बैंकको परिसरभित्र ११२ औं एटीएम पनि सञ्चालनमा ल्याइएको छ । 

बैंकका संचालकहरू प्रजन्यराज भण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वर प्रसाद शाह तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलगायतको उपस्थितिमा शाखा तथा एटीएमको उद्घाटन गरिएको थियो ।


ADVERTISEMENT

बैंकले ग्रामिण क्षेत्रमाआफ्नो शाखा विस्तार गरेसँगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको हो । सम्पूर्ण वित्तीय कारोबार हुने यस शाखामा स्थानीय मागअनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको छ ।

हालबैंकले काठमाडौं उपत्यकाभित्र २४ तथा उपत्यकाबाहिर ५५ वटा शाखा सञ्चालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टिलाई उच्चतम स्थान दिइरहेको छ ।

चैत २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस