×

NMB BANK
NIC ASIA

बेलुका ५ देखि ९ बजेसम्म मात्र रक्सी बेच्न पाइने विधेयक आएपछि व्यापारीको तालाचाबी बुझाउने तयारी

चैत २९, २०७५

NTC
Premier Steels

सुर्खेत- कर्णाली प्रदेशको सबैभन्दा सुगम नगरपालिका वीरेन्द्रनगर नगरपालिकाको बिहीवारको नगरसभामा बैठक ‘स्थानीय स्वास्थ्य सेवा विधेयक २०७५’ प्रस्तुत गरेको छ । सभामा प्रस्तुत विधेयकले कडा व्यवस्था गरेको छ तर नगरपालिकाले कडाइका साथ लागु गर्न सक्ने हो कि होइन भन्नेमा शंका गर्ने पर्याप्त स्थान छ ।

Muktinath Bank

तर व्यवसायी भने नराम्ररी झस्किएका छन् । होटल व्यवसायी संघ सुर्खेतका पूर्व अध्यक्ष तर्कबहादुर शाहीले नगरपालिकाले ल्याउन लागेको विधेयकले आफूहरुलाई होटल बन्द गर्न उर्दी जारी गर्न खोजेको महसुस भएको बताए । नगरपालिकाले उक्त विधेयकमा वीरेन्द्रनगर नगरपालिकाभित्र अब बेलुका ५ बजेभन्दा अघि मदिराजन्य पदार्थ विक्री गर्न व्यवस्था गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाले मदिराजन्य पदार्थको नियमन गर्न बेलुका ५ बजेभन्दा अघि र राति ९ बजेभन्दा पछि मदिरा विक्री वितरण गर्न नपाइने व्यवस्था गरेको छ । तर यो व्यवस्था कार्यान्वयन गर्न नगरपालिकाले फलामे ढोका चपाउनु सरहको मेहनत गर्नुपर्ने देखिन्छ ।


Advertisment
Nabil box
Kumari

नगरपालिका क्षेत्रभित्र मदिरा, चुरोट, सुर्तीलगायत मानव स्वास्थ्यमा गम्भीर असर पर्ने सामग्रीको विज्ञापन गर्न नपाइने, विद्यालय, स्वास्थ्य क्षेत्र तथा सार्वजनिक क्षेत्रको १०० मिटर वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नपाइने व्यवस्था पनि विधेयकमा गरिएको छ ।

Vianet communication

तर अहिले वीरेन्द्रनगरमा रहेका अधिकांश विद्यालय बाहिर सुर्तीजन्य पदार्थ तथा चुरोटहरुको धमाधम विक्री भइरहेको छ । विद्यालय हाताको सय मिटर भित्रै मदिरापान गर्ने होटलहरु पर्याप्त रुपमा खुलेका छन् । ‘होटल, रेष्टुराँ, खुद्रा मदिरा पसललगायत तोकिएका स्थानमा दिनको ५ बजेअघि र रातको ९ बजेपछि मदिराजन्य पदार्थ खुद्रा विक्री वितरण तथा सेवन गर्न पाइने छैन,’ विधेयकमा भनिएको छ ।

१८ वर्षमुनिका बालबालिका, गर्भवती र सुत्केरी महिलालाई सुर्तीजन्य वा मदिराजन्य पदार्थ विक्री वितरण गर्न नपाइने व्यवस्था विधेयकमार्फत् नगरपालिकाले गरेको छ । मदिरा तथा सुर्तीजन्य पदार्थ र अन्य सामाग्रीको विक्री वितरण एकै स्थानमा गर्न नपाइने, सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरणका लागि कार्यपालिकाबाट इजाजत लिनुपर्ने व्यवस्था पनि नगरपालिकाले गर्न लागेको छ ।

खाद्य पदार्थ विक्री गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ वितरण गर्न बन्देज लगाइने, नगरपालिकाले मदिराजन्य तथा सुर्तीजन्य पदार्थ विक्री वितरणका लागि निषेधित र खुला क्षेत्र तोक्न सक्ने विधेयकमा व्यवस्था गरिएको छ ।

‘स्थानीय स्वास्थ्य सेवा विधेयक २०७५’ बिहिबारदेखि सुरू भएको वीरेन्द्रनगर नगरपालिकाको चौथो नगर सभामा टेबुल गरिएको छ । टेबुल भएको विधेयक आवश्यक छलफलपछि पारित हुने छ । पुर्व अध्यक्ष शाहीले विधेयक पारीत भए तालाचाबी बुझाउँने बताए । ‘प्रदेशलाई पर्यटकीय क्षेत्र बनाउने भन्ने अनि उल्टो व्यवसायलाई धरापमा पार्ने खालको नीति निर्माण गर्ने ?’ यदि यस्तो विधेयक पारीत हुन्छ भने हामी आएका पाहुनाहरुलाई नगरपालिकाले व्यवस्थापन गरोस । हामी व्यवसाय नै बन्द गर्छौं ।’

उनले आफूहरुले कर तिरेको बताउँदै लाईसेन्ससमेत भएकाहरुलाई यसरी पेल्न नहुने बताए । ‘घरेलु हिंसाको मुख्य कारण घरेलु मदिरा हो । नगरले सक्छ भने लोकल मदिरा विक्री वितरण गर्न रोकोस,’ उनले चेतावनी पूर्ण भाषामा भने, ‘हामी व्यवसायीलाई किन धरापमा पार्ने, सक्ने भए कर्णालीमा कुनै पनि कम्पनीको मदिरा ल्याउन नदिेने व्यवस्था गरे भैगो नि । मदिरा नपाए हामी कसरी विक्री गर्न सक्छौं ।’

नगरप्रमुख सुवेदी व्यवसायीले विधेयकमाथि आपत्ति जनाईरहँदा नगर पािलका भने कार्यविधीमा सहमति खोज्ने कुरा बताईरहेको छ । ‘अहिले हामीले मदिराको व्यापक प्रयोगलाई क मगर्न विहान नौ देखी साँझ पाँच बजेसम्म विधेयकमा तोकेका हौं,’ उनले भने, ‘विधेयक छलफलकै क्रममा रहेको छ । विधेयक पारीत भएपछि व्यवसायीहरुसँग बसेर आवश्यक कार्यविधी बनाउँछौं ।’ उनले ऐनमा सो व्यवस्था भएपनि कार्यविधीमार्फत समस्याको समाधान खोजिने आश्वासन दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x