×

NMB BANK
NIC ASIA

प्रत्यक्षदर्शी वडा सदस्यको बयान– विमान एक्कासि दायाँ मोडिएपछि ड्याङ्ङ आवाज आयो

बैशाख १, २०७६

NTC
Premier Steels

काठमडौं – सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा समिट एयरको विमान मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

Muktinath Bank

दुर्घटनास्थलबाट प्रहरी इन्स्पेक्टर प्रदीप सुवेदीले जनाए अनुसार विमानका को–पाइलट सुजित ढुंगाना र विमानस्थलमा ड्यूटीमा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ड्युटीमै रहेका अर्का प्रहरी रुद्रबहादुर श्रेष्ठको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ ।


Advertisment
Nabil box
Kumari

श्रेष्ठसँगै सिम्रिक एयरको हेलिकप्टरमा काठमाडौं ल्याइएका विमान पाइलट रविनाथ रोकाया र मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङको उपचार भइरहेको छ ।

Vianet communication

गुरुङलाई मनाङ एयरकै हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

आइतवार बिहान ९ बजे १० मिनेट जाँदा रामेछापका लागि उड्न लागेको विमान धावन मार्गबाट चिप्लिएर हेलिकप्टरमा ठोक्किन पुगेको थियो ।

त्यसक्रममा विमानले ड्यूटीमा रहेका प्रहरीलाई पनि ठक्कर दिएको थियो ।

एक्कासि दायाँ ठोक्किएपछि ड्याङ्ङ आवाज आयो : प्रत्यक्षदर्शी

मेरो नाम नारायणबहादुर राई हो । म खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुँ । लुक्ला विमानस्थल हाम्रै वडामा पर्छ ।

म खुम्बु किराँत संस्थाको अध्यक्ष पनि छु । संस्थामा हामीले मासिक रकम जम्मा गर्छौं । संस्थामा रकम जम्मा गरेपछि हामी ३ जना बाहिर निस्कियौं ।

विमान उड्नै लागेको रहेछ । विमान उड्न लाग्यो भनेर हामी हेरिरहेका थियौं ।

तलतिर जानुपर्ने विमान सिधै दायाँतिर मोडियो । एकैछिनमा ड्याङ्ङ आवाज आयो । धुवाँ आउन थाल्यो ।

हामी कुदेर दुर्घटनास्थलतर्फ गयौं । दुई जनाको मृत्यु भइसकेको रहेछ । 

घाइतेहरूलाई उद्धार गरी काठमाडौं पठाइयो । उता लगिएका एक जनाको मृत्यु भएको खबर भर्खर आइपुग्यो ।

चेतबहादुर सर (हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ) र विमानका पाइलटको उपचार भइरहेको सुनेका छौं ।

मेरो विचारमा अगाडिको चक्कामा ब्रेक लागेको हुनुपर्छ, नत्र विमान एक्कासि दायाँतर्फ कसरी मोडिन्छ त !
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x