राष्ट्रिय खेलकुदः सेना, एपिएफ, सुदूरपश्चिम र प्रदेश १ अन्तिम चारमा

बैशाख १, २०७६

काठमाडौं–त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, सुदूरपश्चिम र प्रदेश १ आठौं राष्ट्रिय खेलकुद अन्तरगत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम ईभेन्ट्समा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

नेपाली सेनाको त्रिभुवन आर्मीले प्रतियोगिताको पहिलो दिन आईतबार कर्णाली प्रदेशलाई २ – ० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । अव सेनाले सुदूरपश्चि प्रदेश संग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । सुदूरपश्चिमले प्रदेश २ लाई २ – ० को नै जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो ।


ADVERTISEMENT

यस्तै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश ५ लाई २ – ० ले पाखा लगाउँदै प्रदेश १ संगको भेट पक्का गरेको हो । प्रदेश १ ले गण्डकी प्रदेशलाई २ – ० को जित निकाल्दै सेमिमा प्रवशे गरेको हो ।

बैशाख १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस