अवैध सुनसहित पक्राउ

फाइल फोटो
बैशाख २, २०७६

लुम्बिनी- नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ । 

भारतीय सीमा सुरक्षा बलले आइतवार डण्डा हेडको बाटो हुँदै भारततर्फ जाँदै गरेको लु ४२ प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाएर राखेको सो सुन बरामद गरिएको एसएसबीका निरीक्षक विकास रायले बताए । 


ADVERTISEMENT

सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पनि पक्राउ गरी थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको छ । 

उक्त घटनाबारे सीमावर्ती नेपाली सुरक्षा अधिकारी भने अनविज्ञ छ । सीमावर्ती जिल्ला रुपन्देहीका प्रहरी नायब उपरीक्षक धर्म भण्डारीले सुन बरामद र नेपाली पक्राउको विषयमा अहिलेसम्म आफूहरूलाई कुनै जानकारी नभएको बताए ।

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार