प्रभु बैंकको नयाँ शाखा गोरखाको पालुङटारमा

बैशाख २, २०७६

गोरखा- प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीलाई सरल र सहज रूपमा बैंकिङ सेवा पुर्‍याउन गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ मा चैत २८ गतेदेखि पालुङटार शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंक गोरखा जिल्लाको पालुङटार नगरपालिकामा शाखा कार्यालय सञ्चालन ल्याउने पहिलो निजी क्षेत्रको बैंक हो । 


ADVERTISEMENT

पालुङटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, कम्पनी तथा संघ संस्थाले अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस