योगी आदित्यनाथ र मायावतीलाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध

बैशाख २, २०७६

                
 नयाँ दिल्ली–आम निर्वाचन चलिरहेका बेला भारतमा दुई जना प्रभावशाली नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । 

भड्किलो र निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले भारतको उत्तर प्रदेशका दुई नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाउने निर्णय सोमबार गरेको हो ।


ADVERTISEMENT

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टीकी अध्यक्ष मायावतीलाई ‘घृणित अभिव्यक्ति’ दिएको भन्दै निर्वाचन आयोगले प्रतिवन्ध लगाइएको जनाएको छ । 

आयोगका अनुसार योगीलाई तीन दिन र मायावतीलाई दुई दिन निर्वाचनसम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी हुन रोक लगाइएको छ ।

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस