×

NMB BANK
NIC ASIA

सुकुटेबाट फर्किए प्रचण्ड, ३ नम्बर प्रदेशको लगानी सम्मेलनमा जाँदै

बैशाख ६, २०७६

NTC
Premier Steels

काठमाडौं – बिहीवार सपरिवार सिन्धुपाल्चोकको सुकुटे पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ शुक्रवार बिहान काठमाडौं फिर्ता भएका छन् ।

Muktinath Bank

सुकुटे पुगेका प्रचण्ड १ रातको लागि आराम गर्न मात्र त्यहाँ पुगेको प्रचण्डको सचिवालयले बतायो । तर प्रचण्ड यसअघि कुनै महत्त्वपूर्ण राजनीतिक विषयमा निर्णय लिन वा पार्टीको दस्तावेज लेख्न सुकुटे पुग्ने गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसकै अवसरमा पार्टी एकता प्रक्रिया टुंग्याउने कसरत राजधानीमा चलिरहेको छ । पार्टीको जिल्ला र स्थानीय तहको नेतृत्व छान्नका लागि पार्टीभित्र ठूलो रस्साकस्सी चलिरहेको बेला प्रचण्डको सुकुटे भ्रमण महत्त्वपूर्ण मानिएको थियो । त्यहाँ उनले महत्त्वपूर्ण राजनीतिक भेटघाट गर्ने वा कुनै महत्त्वपूर्ण राजनीतिक निर्णय लिने आंकलन गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

तर त्यस्तो केही नभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले बताए । ‘उहाँ एक रातका लागि आराम गर्न मात्र जानुभएको हो,’ जुगलले लोकान्तरसँग भने, ‘त्यस्तो राजनीतिक कुरा केही भएन । बेलुका खाना खाएर सुतियो र बिहान केही समय मार्निङ वाक गरेपछि काठमाडौं फिर्ता भएको हौं । हामी बिहान साढे ९ बजे काठमाडौं आइसकेका थियौं ।’ 

Vianet communication

प्रचण्डसँग पत्नी सीता दाहाल र सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नी सापकोटा पनि सँगै सुकुटे पुगेका थिए । 

काठमाडौंमा ओली-नेपालको 'वान टु वान'

प्रचण्ड सुकुटे पुगेपछि यता प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेताको दुईपटक 'वान टु वान' भेट भएको स्रोतले बतायो । नेकपा स्रोतका अनुसार बिहीवार साँझ र शुक्रवार बिहान गरेर दुईपटक नेता नेपाल बालुवाटार छिरेका थिए ।

७७ जिल्लामध्ये ३२ जिल्लाको नेतृत्वको जिम्मेवारी पूर्वमाओवादीले पाउने भएपछि बाँकी ४५ जिल्लाको नेतृत्व बाँडफाँडका लागि ओली-नेपालको भेट भएको स्रोतको दाबी छ । यसअघि प्रचण्डले प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाललाई नेतृत्व बाँडफाँडका लागि सहमतिमा आउन आग्रह गरेका थिए ।

३ नम्बर प्रदेशको लगानी सम्मेलनमा जाँदै

३ नम्बर प्रदेश सरकारको आयोजनामा शुक्रवारदेखि लगानी सम्मेलन शुरू हुने कार्यक्रम रहेको छ । प्रचण्ड त्यही लगानी सम्मेलनका लागि १२ बजे काठमाडौंबाट भरतपुर प्रस्थान गर्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार जुगलले बताए । 

योजना आयोगका सदस्य डा. रामचन्द्र ढकालले सम्मेलनमा छलफल गरिने विषय, सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र, सहभागी हुने उद्योगी व्यवसायी, विभिन्न क्षेत्रका विज्ञलगायत सरोकार पक्ष सबैलाई निमन्त्रणा गरिसकिएको जानकारी दिए ।

भरतपुर हाकिम चोकको एक व्यांकवेटमा हुने लगानी सम्मेलनको उद्घाटन प्रचण्डले दिउँसो २ बजे गर्ने कार्यक्रम रहेको छ । २ दिनसम्म चल्ने लगानी सम्मेलनमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना, लगानीको सुरक्षा, चुनौती, कमी कमजोरी, अवसर तथा सुधार गर्नुपर्नेलगायत विषयमा उद्योगी व्यवसायीसँग छलफल गरी प्रदेशमा लगानीको वातावरण तयार गर्ने प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x