×

NMB BANK
NIC ASIA

सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एप ‘शुभयात्रा’को सुनौलो अन्लाइन कक्षा आरम्भ

बैशाख ६, २०७६

NTC
Premier Steels

काठमाडौं – सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप ‘शुभयात्रा’ले एपमा सुनौलो कक्षा नाम दिइएको निःशुल्क रूपमा भर्ना हुन सकिने विशेष अन्लाइन कोर्स शुरू गरेको छ । 

Muktinath Bank

यसमा स्वाध्ययन गर्न मिल्ने खालका अन्तर्क्रियात्मक सामग्रीहरू राखिएका छन् । साथै, वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई लक्षित गरी शुभयात्राले नयाँ रिवार्ड योजना शुरू गरेको छ । 
दिइएका कोर्समा सहभागी भई एप प्रयोगकर्ताहरूले पचास रुपैयाँ वा बढी रिवार्ड प्राप्त गर्न सक्नेछन् । शुभयात्राले रिवार्डका लागि खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले शुभयात्राको सुनौलो कक्षामा विदेशी भाषा, वित्तीय साक्षरता, रोजगार सम्झौता पत्र, सीप लगायत अन्य वैदेशिक रोजगारीसँग सम्बन्धित एक दर्जन भन्दा बढी कोर्सहरू उपलब्ध छन् । 


Advertisment
Nabil box
Kumari

एपमा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि ५० रुपैयाँ वा बढीको रिवार्ड कूपन प्राप्त हुनेछ । यसरी प्राप्त गरेको कूपन खल्तीमार्फत उपलब्ध सबै प्रकारका सेवाको डिजिटल भुक्तानी जस्तै मोबाइल रिचार्ज गर्ने, बिजुलीको महसूल तिर्ने, इन्टरनेटको बिल तिर्ने, फिल्म टिकट किन्ने आदि कार्यको लागि प्रयोग गर्न सकिनेछ । 

Vianet communication

साथै, हरेक कोर्सको अन्तिममा दिइएको क्विज पूरा गरिसकेपछि प्रमाणपत्र र थप रिवार्ड कूपन प्राप्त गर्न सकिनेछ । 

‘नेपालमा कुनै पनि ई–लर्निङ प्लाटफर्मले अन्लाईनमा उपलब्ध कोर्सहरूमा सहभागीहरूलाई यसरी रिवार्ड कूपन र अन्य उपहारहरू प्रदान गर्न थालेको यो पहिलोपटक हो । नेपालमै पहिलोपटक यस्तो तरिकाले रिवार्ड योजना शुरू गर्न पाउँदा हामी उत्साहित छौं,’ द एसिया फाउन्डेसनकी नेपाल प्रतिनिधि मेगन नाल्बोले बताइन् ।

सुनौलो कक्षामा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि आफ्नो मोबाइल नम्बर दाखिला गरेर रिवार्ड कूपन प्रयोग गर्न सकिनेछ । विदेशमा हुनुभएका सहभागीहरूले नेपालमा रहेका आफ्ना आफन्तहरूको मोबाइल नम्बर दाखिला गरी उक्त कूपन प्रयोग गर्न सक्नेछन् ।

धेरै नेपाली जाने देशहरू मलेसिया, कतार, साउदी अरब, यूएई र कुवेतबारे सम्पूर्ण जानकारीहरू राखिएको यस एपले विदेश जाने सोचिरहेकाहरूलाई कसरी सुरक्षित तरिकाबाट जाने भनेर सचेत गराउने, विदेश जानको लागि कागजपत्रहरू बनाइरहेकाहरूलाई राम्रोसँग कागजपत्र बनाउन तथा ठगीबाट जोगिने तरिका सिकाउने तथा विदेशबाट नेपाल फर्किन चाहानेहरूलाई नेपाल फर्किएर व्यापार व्यवसाय गर्न के गर्ने तथा अवसरहरू कता खोज्ने भन्ने बारेमा जानकारी दिन्छ । 

शुभयात्रा एपबारे
शुभयात्रा वैदेशिक रोजगारीमा जाने र जान चाहने युवालाई सुसूचित गराउने हेतुले सञ्चालन गरिएको एउटा एन्ड्रोइड एप हो । 

विदेशमा रहेका नेपालीहरूको सहयोगमा ‘द एसिया फाउन्डेसन’ले सन् २०१६ मा सञ्चालनमा ल्याएको यो एपमा हाम्रो पात्रो, खल्ती डिजिटल वालेट, विकास उद्यमी, शेयरकास्ट इनिसिएटिभ र विकास उद्यमी लगायत सातवटा संस्थाहरूको संयुक्त सहकार्य रहेको छ ।

एपमा विदेशमा काम गर्ने कामदारलाई आवश्यक पर्ने जानकारीलाई सजिलै प्रयोग गर्न सकिने श्रव्य, दृश्य, फेसबूक लिंक तथा लिखित सामग्रीहरू राखिएको छ । एपमा समावेश गरिएका सामग्री सबै नेपाली भाषामा राखिएको छ । 

कसरी डाउनलोड गर्ने शुभयात्रा एप  ?

शुभयात्रा एप एन्ड्रोइड मोबाइलका लागि तयार पारिएको हो । एन्ड्रोइड फोनको गुगल प्लेस्टोरमा गएर शुभयात्रा टाइप गरेर अथवा वेबमा गएर www.shuvayatra.org मा क्लिक गरी शुभयात्रा एप डाउनलोड गर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x