×

NMB BANK
NIC ASIA

पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न राप्रपाको माग, को–को समातिए ? (विज्ञप्तिसहित)

बैशाख ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाईको माग  गरेको छ । 
सरकार समक्ष पेश गरेको हिन्दु राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग पूरा गराउन दबाब दिन आज गरिएको शान्तिपूर्ण जनसंघर्ष अन्तर्गत धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रममा काठमाडौंसहित विभिन्न स्थानबाट नेता कार्यकर्ता पक्राउ परेको राप्रपाले जनाएको छ। 
प्रेस विज्ञप्ति

Muktinath Bank

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकार समक्ष पेश गरेको हिन्दु राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग पूरा गराउन दबाब दिन जारी शान्तिपूर्ण जनसंघर्ष अन्तर्गत आज देशैभर आयोजित धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको छ । शान्तिपूर्ण प्रदर्शनका क्रममा काठमाडौं र विभिन्न जिल्लामा भएको प्रशासनिक दमन, धरपकड र नेता कार्यकर्ताको गिरफ्तारीको राप्रपा निन्दा एवं भत्सर्ना गर्दछ ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकारको उपभोग गरिरहेको राजनीतिक शक्तिलाई घेराबन्दी गर्ने, अन्धाधुन्ध लाठीचार्ज गर्ने, पक्राउ गर्ने कार्य लोकतन्त्रमा लज्जाको विषय हो । ९४% ओमकार परिवारको आस्था र राष्ट्रिय पहिचानको रक्षा गर्दै धर्म निरपेक्षताको खारेजीको माग समेत गर्न पाउने तथा निर्वाध राजनीतिक गतिविधि गर्न पाउने अधिकार पनि संविधानले सुरक्षित गरेको यथार्थ नेपाल सरकारलाई राप्रपा स्मरण गराउँदछ ।
आज देशभर भएको प्रदर्शनको क्रममा काठमाडौंमा राप्रपा केन्द्रीय सदस्य यवती कार्की, नानू नगरकोटी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महासचिव जनक फडेरा, केन्द्रीय सदस्य त्रिविक्रम सिंह, जयबीर राउत, आशिष राउत, सूर्य बुढा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपाध्यक्ष मणि सिंखडा, महासचिव गुणराज राजभण्डारी, भक्तपुरका उपाध्यक्ष राममणि न्यौपाने, सिन्धुपाल्चोकका राजेन्द्र ढुंगेल, शिवराम नेपाल, शम्भु खनाल, राजन अधिकारी पक्राउ परेका छन् ।
राप्रपाको पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशका ७७ वटै जिल्लामा धर्म निरपेक्षको व्यानर र पोष्टर जलाउने कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर, रुपन्देही, धादिङ, जुम्ला, म्याग्दी, कास्की, पर्सा, बर्दिया, बाग्लुङ, कपिलबस्तु, तनहुँ, उदयपुरमा प्रशासनको धरपकड र गिरफ्तारीका बावजुद सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको छ । प्रहरीको दमनबाट रुपन्देहीमा पार्टी अध्यक्ष सागरप्रताप राणा घाईते भएका छन्, यसै गरी बर्दियामा ४ जना, चितवनमा जगदिश अधिकारी घाईते भएका छन् । कपिलवस्तुमा अध्यक्ष नारायण बहादुर सिंह, प्रेमनाथ शुक्ल, रवि गुप्ता, बाग्लुङमा केदार कँडेल, विष्णु सापकोटा, सञ्जय खड्का सहित ९ जना, जुम्लामा पार्टीका केन्द्रीय सदस्य धनबहादुर थापा, अध्यक्ष बेद बहादुर शाही, भवानी प्रसाद न्यौपाने, श्रीकृष्ण बुढा, अंगतप्रसाद देवकोटा, रतिमान बिष्ट, कल्क बहादुर महत, भैरव सिंह कुँवर, दान बहादुर अधिकारी, पूर्ण बहादुर खत्री, लाल बहादुर रावत र राज गिरी, उदयपुरमा राम बहादुर कटुवाल, कास्कीमा जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्की, जिल्ला उपाध्यक्ष जगत प्रसाद सुवेदी, जिल्ला सहसचिव अशिल कुमार शाही, केन्द्रीय सदस्य सिता खड्का, जिल्ला सदस्यहरु आत्मराम सुवेदी, कृष्ण कुमार तिवारी, अक्कलबहादुर भुजेल, नुर महमद, लेख बहादुर गुरुङ लगायतका पार्टी सदस्यहरु अझै प्रहरीको नियन्त्रणमा रहेका छन् । 
शान्तिपूर्ण प्रदर्शनमा प्रशासनको धरपकडबाट गिरफ्तारीमा परेका राप्रपाका नेता, कार्यकर्तालाई अबिलम्व रिहाइ गर्न राप्रपा नेपाल सरकारसंग जोडदार माग गर्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोहन श्रेष्ठ
प्रमुख
प्रचार बिभाग


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x