×

NMB BANK
NIC ASIA

एकता टुंग्याउन नेकपाका नेताहरु अन्तिम कसरतमा, कसरी मनाइएला माधव नेपाललाई ?

बैशाख ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लगाउन शीर्ष नेताबीच सघन छलफल अघि बढेको छ । लामो समयको अनिश्चय चिर्ने उद्देश्यका साथ शीर्ष नेता एकतालाई अन्तिम रूप दिने कसरतमा लागेका हुन् ।
सोही कसरतअनुसार शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र शीर्ष नेता माधवकुमार नेपालबीच एकता टुंगो लगाउन निर्णायक छलफल हुने नेकपाका एक नेताले बताए ।
एकता टुंगो लगाउन शुक्रबार पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भएको हो । छलफलमा वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया, वरिष्ठताका आधारमा नेतृत्व टुंगो लगानुपर्ने सुझाव दिएका छन् ।

Muktinath Bank

ओली र नेपालबीच बिहीबारसमेत सोही विषयमा छलफल भएको थियो । यसअघि वरिष्ठ नेता झलनाथ खनालसहित सचिवालय सदस्यहरू वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, महासचिव बिष्णु पौडेलबीचमा एकता टुंगो लगाउने विषयमा छलफल भएको थियो ।
लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउने गरी छलफल भइरहेको नेकपाका नेताहरूले बताएका छन् ।
नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीच विवाद छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७७ जिल्ला कमिटिमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेताबीच भए पनि नेतृत्वको विषय अझै टुंगो लाग्न सकेको छैन । नेतृत्वको टुंगो लगाउने विधि, प्रक्रिया एवं मापदण्डमा केन्द्रित भई शीर्ष नेताबीच छलफल भइरहेको पार्टी स्रोतले जानकारी दिएको छ ।
वरिष्ठ नेता नेपालले पार्टीमा जिम्मेवारी चयनमा एकलौटी गर्न खोजेको भन्दै निरन्तर असन्तुष्टि जनाउँदै आइरहेका छन् । उनले कमिटीको एकता कमिटी–कमिटीको हुनुपर्ने र त्यसका लागि निश्चित विधि बनाएर जानुपर्ने पक्षमा अडान राख्दै आइरहेका छन् । तर, प्रधानमन्त्री ओली एकता प्रक्रिया विशिष्ट अवस्थामा भएकाले विगत कमिटीमा रहेका मात्रै भनेर अल्झिन नहुने भन्दै सबै नेताले आआफ्नो जिद्दी छोडनुपर्ने अडानमा छन् । राजधानी दैनिकमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x