मंसिर १५, २०८०
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
बैशाख ७, २०७६
बुटवल – पश्चिम नेपालको प्रमुख केन्द्र बटौली (बुटवल) प्रख्यात हुनुको कारण हो स्थानीय ऐतिहासिक जितगढी किल्ला ।
तिनाउ नदीको किनारामा अवस्थित जितगढीमा १८७२ सालको युद्धमा आक्रमणकारी साम्राज्यवादी अंग्रेजलाई कर्नेल उजीर सिंहको कमान्डमा रहेको नेपाली सेनाले पराजित गरेको थियो ।
भौगोलिक, प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, सामारिक, पर्यावरणीय, सांस्कृतिक आदि कारणले पनि प्रसिद्ध रहेको छ बुटवल । यतिबेला ५ नम्बर प्रदेशको अस्थायी राजधानी भएर मात्र होइन, अंग्रेजलाई परास्त गरेको ऐतिहासिकस्थल जितगढी अवस्थित भएकाले पनि प्रसिद्ध हुन पुगेको छ ।
तत्कालीन अंग्रेज फौजलाई २ सय वर्षअघि पराजित गरेको खुशियालीलाई बुटवल उपमहानगरपालिकाले जितगढी विजय उत्सव दिवसका रुपमा मनाउँदै छ । सम्पदास्थल किल्ला परिसरमा शनिवार विजय उत्सव दिवसको विशेष कार्यक्रम हुँदैछ ।
२ सय ४ वर्षअघि विक्रम संवत् १८७१/७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली सेनाले तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको दिन हो । सोही ऐतिहासिक दिनलाई विजय उत्सव दिवसका रुपमा बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि भव्य रुपमा मनाउन शुरू गरेको थियो । उपमहानगरपालिकाको गत वर्षको कार्यपालिका बैठकले विजय उत्सव दिवस मनाउने निर्णय गरेको हो ।
को हुन् उजिरसिंह ?
पाल्पा राज्य नेपालमा एकीकृत भएपछि पाल्पाका पहिलो नेपाली प्रशासक भएका थिए (जनरल अमरसिंह थापा (साना) । उनका ७ भाइ थिए । जेठी पत्नी सत्यरुपाबाट भीमसेन थापा, नयनसिंह थापा, वख्तावरसिंह थापा, अमृतसिंह थापा र रणवीरसिंह थापा जन्मिए । कान्छी पत्नीबाट रणवम थापा र रणध्वज थापा जन्मिए ।
यीमध्ये नयनसिंह थापाका छोरा हुन् उजिरसिंह थापा । हजुरबुवा अमरसिंहको मृत्युपछि सन् १८१४ देखि १८२४ सम्म १० वर्ष उजिरसिंह थापा पाल्पाको प्रशासक भएका थिए ।
जितगढी किल्लाको अवस्था
५ सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्बाइ २ सय ५ फिट छ र चौडाइ करीब ५५ फिट रहेको छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँघुरो हुँदै गएको छ ।
गढीको भित्रि भागबाट पर्खालको उचाइ ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाइ ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुला रहेको छ ।
करीब १२ लाखदेखि १५ लाख इँटा प्रयोग भएका र इँटाका कोही १० इन्च वर्गाकारका तथा केही इँटाको लम्बाइ–चौडाइ क्रमशः ८.६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीजस्तै छ । गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरूको निर्माण गरिएको छ ।
उत्खनन् र उपलब्धि
बुटवल उपमहानगरपालिका–१ मा अर्धभग्नावशेष अवस्थामा रहेको जितगढी किल्लाको २०५५/०५६ सालमा उत्खनन् गरिएको थियो । २०७० माघ ८ गतेपछि पनि बुटवल उपमहानगरपालिकाको अनुरोधमा यसको पुनः उत्खनन् कार्य पुरातत्व विभागले गरेको थियो ।
उत्खनन्लाई पूरा गर्दै ऐतिहासिक सम्पदालाई व्यवस्थित बनाउने अभियानमा बुटवल उपमहानगर केन्द्रित भएको छ । यो गढीबारे विज्ञ तथा जानकारहरूले विभिन्न कथन फेला पारेका छन् । नेपाली वीर सेनाले अंग्रेजी साम्राज्यवादलाई परास्त गरेको यो प्रख्यात जितगढी किल्ला १६–१७ औं शताब्दीतिर सेनवंशीय (पृथ्वीपाल सेन) पाल्पाली राजाको पालामा निर्माण भएको हुन सक्छ ।
प्रारम्भमा यो गढी किल्ला बुटवल बजारलाई छोप्ने गरी नै पहाडको एक छेउदेखि अर्को छेउसम्म पूर्वपश्चिम निकै लामो रहेको इतिहासविद्हरू बताउँछन् । कालान्तरमा तिनाउ नदीको कटान र बढ्दो शहरीकरणको प्रभावले गर्दा हाल यसको धेरै सानो भाग २०५ फिट लम्बाई र ८ फिट चौडाइ मात्र बाँकी रहेको छ । किल्ला अतिक्रमणको चपेटामा परेको छ । यसलाई पुरानै अवस्थामा ल्याउने गरी बुटवलले गुरूयोजना बनाएको छ ।
जितगढी किल्लाको पूर्वपश्चिमबाट उत्तर खण्डको पर्खालसँगै गढी किल्लासँग सम्बन्धित सुरुङमा प्रवेश गर्ने ९/७ वटा खुड्किला भएको २ वटा सिँढी, तल्लो भागमा प्लास्टर सहितको भुइँ, बराण्डामाथि छुने छपनी समेत छपनी फेला परेको थियो । यसका अतिरिक्त सिँढीको बीच भागमा पूर्व र पश्चिमतर्फ प्रवेश मार्ग भेटिएको थियो । उत्तर तर्फको प्रवेशमार्ग सम्भवतः हातहतियार खजाना राख्ने ठूलो भण्डार हुन सक्ने, दक्षिण तर्फको प्रवेशद्वार सुरुङभित्र जाने प्रवेशद्वार हुनसक्ने अनुमान गर्न सकिन्छ । उत्खननबाट प्राप्त पुरातात्विक वस्तु हाल पुरातत्व विभागमा संरक्षित छन् ।
बुटवलको जितगढी किल्लाको ऐतिहासिक महत्व वर्णनातीत छ । यसले हामी नेपालीलाई एकतामा आवद्ध हुन, देशका लागि आफ्नो जीवनको आहुति दिन एवं देशभक्तिको निरवच्छिन्न पाठ सिकाइरहेको छ भने स्वतन्त्रता र सार्वभौमसत्ता अक्षुण्ण राख्न देशभक्त नेपाली जुनसुकै मूल्य चुकाउन तम्तयार रहेको सन्देश विश्वलाई दिइरहेको छ ।
विजयोत्सवको दिन जितगढी किल्ला परिसरमा निर्माण गरिएको कर्णेल उजीरसिंह थापाको पूर्णकदको शालिक अनावरण गर्ने र शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
कर्णेल उजिरसिंहको उक्त शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस महामन्त्री शशांक कोइराला, कांग्रेस सचेतक बालकृष्ण खाँड लगायतका शीर्ष नेता बुटवल आउने कार्यक्रम रहेको प्रमुख सुवेदीले जानकारी दिए ।
विजयोत्सवलाई भव्य बनाउन जितगढीमा विशेष तयारी गरिएको र त्यसमा नेपाली सेनासहितका सुरक्षाकर्मीले सहकार्य गरिरहेको पनि उनले बताए । जितगढी सम्पदा स्थलमा त्यहाँका जनप्रतिनिधि, नागरिक अगुवा, युवा समेत सक्रिय रहेका छन् ।
दिवसका अवसरमा तत्कालीन युद्धको प्रहशन गर्ने तयारीसमेत भइरहेका छ । त्यसका लागि विशेष मञ्च, प्रहसनस्थल निर्माण, स्वागतद्वार निर्माण सरसफाइ लगायतका काम भइरहेका छन् । सम्पदा स्थलको सुरक्षा र दिवस तयारीमा नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, प्राविधिक र सुरक्षाकर्मीले दिवसको तयारी र सुरक्षाका काम गरिरहेका छन् ।
बुटवल उपमहानगरपालिकाले ऐतिहासिक दिनको उत्सवलाई ऐतिहासिक बनाई जितगढीलाई राष्टिय अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार गर्ने कार्यको शुरूवात गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । शर्माले यस पटकको उत्सवपश्चात् गुरुयोजना बनाई जितगढीको संरक्षण, प्रवद्र्धन र विकास गरिने बताए ।
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...