×

NMB BANK
NIC ASIA

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता शुरु, एक्यूरेसी र क्रसकन्ट्रीतर्फ पहिलो खेल सम्पन्न

बैशाख ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा –पोखरामा शुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङतर्फ पहिलो दिन एक्यूरेसी र क्रसकन्ट्री खेलको पहिलो चरणको प्रतियोेगिता सम्पन्न भएका छन । पहिलो दिनमा खेलिएको खेलमा पुरुष एक्यूरेसी र क्रसकन्ट्री टीम बीचको प्रतिस्पर्धा भएको थियो। त्यसैगरी दुबै इभेन्टका इन्डिभिजुअल तर्फ मिश्रित परिणाम आएको छ । 

Muktinath Bank

खेलमा एक्यूरेसी तर्फको नेपाली सेनाले १०७ अंकका ल्याएर प्रथम स्थान हाँसिल गरेको छ। त्यस्तै गण्डकी प्रदेशले १८५ अंक ल्याएर दोश्रो स्थान हातपारेको छ भने ३३१ अंकका ल्याएर प्रदेश नम्बर १ तेश्रो स्थान सरक्षित गर्न सफल भएको छ।
त्यसै सुदूरपश्चिमले प्रदेश ११७० अंक पाएर चौथो स्थान लिएको छ । १८९६ अंकका हातपारेर प्रदेश ३ पाँचौ स्थान लिन सफल भएको छ भने कर्णाली प्रदेशले ३१३५ अंक ल्याएर छैटौ स्थान जितेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्डिभिजुअल एक्यूरेसी पुरुषतर्फ नेपाली सेनाका सागर नेपाली ८ अंकका ल्याएर प्रथम स्थान बनाउन सफल भए। गण्डकी प्रदेशका अनिष भट्टराईले ११ अंक ल्याएर दोश्रो स्थान हासिल गरे। त्यसै गरि नेपाली सेनाका सागर जलारी ५०१ अंकका ल्याएर तेश्रो स्थानमा चित्त बुझाएका छन् ।
महिला इन्डिभिजुअल एक्यूरेसीमा गण्डकी प्रदेशकी सबिता तामाङले २७४ अंक ल्याउन सफल  भइन्।
यस्तै प्रदेश नं ३ की बिबी सिङताङले ३६१ अंक पाएर दोश्रो स्थान हासिल गरिन्।


Advertisment
Nabil box
Kumari

त्यसैगरी तेश्रो स्थानमा गण्डकी प्रदेशकी प्रतिभा बोगटीले ५०१ अंक ल्याएकी थिइन्। तामाङ र बोगटी १८ औं एशियाली खेलकुदमा सहभागी भएका खेलाडी समेत हुन । 
पहिलो दिन भएको क्रसकन्ट्रि (एक्सी) इभेन्ट तर्फ पहिलो राउण्डमा ३२ किलोमिटर टास्क सम्पन्न भएको छ । उक्त इभेन्टमा ३ महिला र १९ पुरुष सहित कूल २२ जना खेलाडी सहभागी रहेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

क्रसकन्ट्री तर्फ सहभागी जनाएका २२ खेलाडी मध्ये पुरुष इन्डिभिजुअल खुल्ला तर्फ प्रदेश ३ का कृष्ण बहादुर सुनुवार ९७२ अंक हासिल गर्दै पहिलो स्थान बनाउन सफल भए। यसैगरी नेपाली सेनाका विशाल थापाले ९०६ अंक हासिल गरी दोश्रो स्थान जिते भने गण्डकी प्रदेशका शेर बहादुर गुरुङले ९०६ अंक ल्याएर तेश्रो स्थान हात पारे। दोश्रो स्थानका बिशाल १८ औं एशियाली खेलकुदमा रजत पदक जितेका थिए । 
क्रसकन्ट्री महिला इन्डिभिजुअलमा गण्डकी प्रदेशकी त्रिशा बमजन तामाङ २३१ अंकका ल्याइ पहिलो स्थान बनाउन सफल भइन्। दोस्रो स्थानका लागि नेपाली सेनाकी स्वस्तिका गुरुङले २६ अंक ल्याइन्। प्रदेश १ की सुष्मिता सुनुवार २४ अंक ल्याएर तेश्रो स्थान हासिल गरिन्। 
यसैगरी टिम क्रसकन्ट्री तर्फ गण्डकी प्रदेशले अग्र स्थान बनाउन सफल भएको छ । गण्डकी प्रदेश ३२९९ अंक ल्याएर पहिलो स्थान बनाएको छ। प्रदेश ३ ले ३१५९ अंक पाएर दोश्रो र नेपाली सेनाले २७१७ अंक जोडेर तेश्रो स्थान बनाएको छ । 
नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना खेलाडी सहभागी रहेका छन् । प्रतियोगिता बैशाख ९ गते सम्पन्न हुने छ। प्रतियोगितामा एक्युरेसी तर्फ ५ राउण्ड र क्रसकन्ट्रीतर्फ ३ राउण्ड प्रतिस्पर्धा गराइने छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x