×

NMB BANK
NIC ASIA

स्पाइसजेट र एयर इन्डियाले अब जेटका विमान उडाउने

बैशाख ८, २०७६

NTC
Premier Steels

काठमाडौं – कर्मचारीलाई तलब खुवाउने र कार्यसञ्चालनमा खर्च गर्ने पैसाको अभावमा उडान बन्द गरेर बसेको जेट एयरवेजका केही विमान अन्य कम्पनीले उडाउने भएका छन् । 

Muktinath Bank

उड्डयन विभागका केही वरिष्ठ अधिकारीले बताएअनुसार, स्पाइसजेटले जेट एयरवेजका ३० देखि ४० बोइङ ७३७ विमान उडाउन सहमति जनाएको छ भने एयर इन्डियाले पाँचवटा बोइङ ७७७ र केही बी७३७ विमान उडाउने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सूत्रले बतायो, ‘आगामी १० दिनभित्र ४५ वटा जपत विमान उड्न थाल्नेछन् । यसो हुँदा जेट एयरवेजका धेरै कर्मचारीलाई काम र तलब उपलब्ध हुन्छ किनकि यी विमानसँग क्रू मेम्बरलाई पनि लीजमा लिइनेछ । उडानमा वृद्धिसँगै भाडामा पनि स्थिरता आउनेछ । यी विमान पहिले त भारतभित्र उड्नेछन् । पछि लन्डन, दुबई र सिंगापुर जस्ता गन्तव्यका लागि बी७७७ विमान उड्न थालेपछि अन्तर्राष्ट्रिय रूटमा पनि भाडा सामान्य हुनेछ ।’


Advertisment
Nabil box
Kumari

जेटको बिक्री प्रक्रियाको सफलतामा ती विमान एयरलाइन्समा फर्किन्छन् कि फर्किदैनन् भन्ने कुरा निर्भर रहन्छ । 

Vianet communication

नागरिक उड्डयन सचिव पीएस खरोलाले यसै हप्ता घरेलु रूटमा ७५ विमान सिस्टमबाट बाहिरिएको बताए । अन्य भारतीय एयरलाइन्स कम्पनीहरूले विगत पाँच महिनामा ५८ विमान ल्याएका छन् तर पूर्ण क्षमतामा अझै १७ विमान कम छन् ।

तीसदेखि ४५ जेट विमान एयर इन्डिया र स्पाइसजेटसँग उड्न थालेमा घरेलु र नजिकैका अन्तर्राष्ट्रिय उडानको ग्याप पूरा गर्न सकिन्छ । अनि भाडा घट्न पनि सहज हुन्छ । 

जेटको परिचालन बन्द हुँदा मुम्बई र दिल्ली विमानस्थलहरूमा क्रमशः २८० र १६० स्लट अचानक खाली भएका छन् । सरकारले ती स्लट आगामी तीन महिनाका लागि अन्य विमान कम्पनीलाई दिनेछ । 

घरेलु र अन्तर्राष्ट्रिय रूटहरूमा डिमान्ड र सप्लाईमा अचानक भारी अन्तर आएका कारण अनि पर्यटनको पीक सीजन चलेका कारण हवाई भाडा बढेको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x