मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सुर्खेत- वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोति कंडेलले घर नै नबनेको जग्गाको चारकिल्ला प्रमाणित गर्न जाने सेवाग्राहीसँग 'घरबहाल कर' तिरेको रसिद मागे । शुरूमा त खाली जग्गाको घरबहाल कर तिरेको रसिद माग्ने वडाअध्यक्ष झुक्किए झैं माने जग्गाधनी कमल खड्का जुनीले । तर आफू 'पावरफूल' वडाअध्यक्ष भएको भन्दै वडाअध्यक्ष कंडेलले घरबहाल कर तिरेको रसिद माग्न छाडेनन् ।
सेवाग्राही जुनीले भने, 'खाली जग्गाको कसरी घर बहाल कर तिरौं भनेर मैले अनुरोध गरें, तर वडाअध्यक्षले आफू अधिकार सम्पन्न भएको बताउँदै घरबहाल कर नतिरेसम्म हस्ताक्षर नगर्ने अड्डी लिनुभयो ।'
त्यसपछि जग्गाधनी जुनीले खाली जग्गाको घर बहाल कर तिर्नुपर्ने भन्दै लिखित रूपमा दिन माग गरे वडाअध्यक्षसमक्ष । तर वडाअध्यक्षले टेरपुच्छर लगाएनन् । 'अनि म बाध्य भएर मिडियामा आएको हुँ,' खड्काले भने, 'मलाई साढे दुई घण्टा नगरपालिकामा रोकियो । अन्य वडा कार्यालयबाट मैले जग्गाको चार किल्ला प्रमाणित गरी ल्याउन मिल्ने तर त्यहाँ नमिल्ने कारण जान्न खोजेको थिएँ ।'
जुनीले भने, 'तर अन्त्यमा जे गर्नु हुन्छ गर्नुस् म सहि गर्दिन भनेर वडा अध्यक्ष कंडेलले भन्नु भयो ।’
वडा कार्यालयबाट आफूले दुई कित्ताको १ हजार ५० रुपैंया तिरेको जानकारी खड्काले दिए । ‘वडा नं. ६ को कित्ता नम्बर ३९५२ र ४७०३ को जग्गा मेरो श्रीमतीको नाउँमा रहेको छ,’ व्यवसाय समेत गर्दै आएका जुनीले भने, ‘हामी बुझेका व्यक्तिलाई त वडा अध्यक्षको यस्तो व्यवहार छ भने सर्वसाधारण प्रति उनको कस्तो शासन होला ?’
त्यस्तै केहि दिनअगाडि वीरेन्द्रचोकका नाबालक सालीन भारतीको नाममा रहेको जग्गाको बारेमा पनि अध्यक्ष कंडेलले त्यस्तै व्यवहार देखाएका थिए । अध्यक्ष कडेलले आफू वडा अध्यक्ष रहेको र आफू अरु केही कानून-सानून नमान्ने भन्दै वरपर रहेका कांग्रेस समर्थकलाई जबरजस्ती सो जग्गामा नाली खन्न लगाए ।
यदि बाटो नै भएपनि मुआब्जा दिनुपर्ने वा दुवै पक्षसंग छलफल गराउनु पर्नेमा उनले जबरजस्ती गरेर स्थानीयलाई नाली खन्न लगाए । दुवै पक्षसंग छलफल नगरी उनले हरेक काम जबरजस्ती गर्ने गरेको स्थानीयहरू बताउँछन् ।
यस विषयमा कुरा गर्न खोज्दा वडाध्यक्ष कंडेलले अहिले आफू कार्यपालिका बैठकमा भएको प्रतिक्रिया दिए । ‘अहिले म कार्यपालिका बैठकमा छु हजु्र,’ उनले भने, ‘पछि कुरा गरौंला ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...