×

NMB BANK
NIC ASIA

सुर्खेत-  उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कर्णाली सरकारलाई बलियो बनाए मात्र संघीयता सफल बताएका छन् ।

Muktinath Bank

प्रदेश अस्पताल कालागाउँमा सिटी स्क्यान मेसिनको उदघाटन गर्न मंगलवार वीरेन्द्रनगर आइपुगेका उपप्रधानमन्त्री यादवले भने, 'विगतमा कर्णालीले धेरै दिएको छ । अब कर्णालीलाई दिनुपर्ने बेला आएको छ । एकोहोरो लिएर मात्रै हुँदैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रधानमन्त्री यादवले संघीयता असफल भए देशमा विध्वंश मच्चिने बाहेक केही नहुने बताउँदै प्रदेश सरकारलाई बलियो बनाएर अधिकार सम्पन्न बनाएर बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

‘कर्मचारी समायोजन अत्यन्तै त्रुटिपूर्ण छ,’ प्रदेश अस्पतालमा डाक्टर अभावको प्रमुख कारण समायोजन नै भएको बताउँदै उनले भने, ‘समायोजनकै कारण हरेक तीन महिनामा मन्त्रालयका सचिवहरू फेरिने गरेका छन् । मेरै मन्त्रालयमा मैले त्यही समस्या भोग्ने गरेको छु । तरपनि कर्मचारी व्यवस्थापन जति सक्दो चाँडो गर्ने प्रयास गर्नेछु ।’ मन्त्री यादवले प्रदेश अस्पताललाई पहिले विशिष्ट अस्पताल बनाउनुपर्ने अनि मात्रै शिक्षण अस्पतालको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

Vianet communication
Laxmi Bank

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारले अस्पतालमा पर्याप्त जनशक्तिको व्यवस्थापन गरिदिन आग्रह गरे । ‘भवन बनाउने, सामानहरू खरीद गर्ने जस्ता काम प्रदेश सरकार गर्न सक्छ,’ उनले भने, ‘तर प्राविधिक जनशक्ति हामीसँग छैन । कर्णालीका जनशक्तिलाई कर्णालीमै पठाइदिने व्यवस्था गरिदिन मन्त्री ज्यूलाई आग्रह गर्दछु ।’ पर्याप्त जनशक्ति नभएका कारण स्वास्थ्य सेवा प्रवाहमा ठूलो चुनौती आएको मुख्यमन्त्री शाहीको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सहसंयोजक तथा प्रदेश सभा सदस्य यामलाल कंडेलले राज्य सञ्चालनमा अहिले पनि कर्णालीको पहुँच नभएको बताए । उनले संरचना परिवर्तन भएपनि प्रणाली परिवर्तन नभएको बताउँदै संघीयता सफल बनाउन सबैको सोचमा प्रणाली परिवर्तन जस्तै सोचमा परिवर्तन आउनुपर्ने बताए । ‘विगतमा पटक-पटक यो वा त्यो बहानामा अनशन बस्ने प्रचलन थियो ।’ डा. गोविन्द केसीप्रति लक्षित गर्दै नेता कंडेलले भने, ‘अहिले हाम्रो अस्पतालमा डाक्टर छैनन्, अनसन बसिदिए हुन्थ्यो कसैले ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x