×

NMB BANK
NIC ASIA

नेपालमा डिजिटल ठेगाना प्रणालीको शुभारम्भ

बैशाख १३, २०७६

NTC
Premier Steels

ठेगाना सर्भिसेज ‘ठेगाना’ मोबाइल एप सार्वजनिक गर्न पाउँदा अत्यन्त गौरवान्वित छ । नेपाली नयाँ बर्षसगैं ‘लन्च’ गरिएको आइओएस र एन्ड्रोइड दुबै अपरेटिङ् सिस्टममा चलाउन सकिने ‘ठेगाना एप’ निःशुल्क डाउनलोड गर्न सकिन्छ । हाललाई सो एप एन्ड्रोइड अपरेटिङ् सिस्टममा चलाउन सकिन्छ भने आइओएसमा एक हप्ता पछि उपलब्ध हुने छ।

Muktinath Bank

ठेगाना एप ‘रि–इन्जिनियरिङ’ गरिएको यस्तो ठेगाना प्रणाली हो जसमा नेपालको सतहलाई ८५ करोड ३x३  वर्गमा विभाजित गरिएको हुन्छ र हरेक वर्ग पहिचान गर्न विशिष्ट कोड दिइएको हुन्छ । यि कोडहरुले सबैका निम्ति नेपालभरि ठेगाना उपलब्ध गराउँदछ, जस मार्फत डेलिभरी सेवा प्राप्त गर्न, आपतकालिन सुविधा लिन, बैंक खातामा ठेगाना दर्ता गर्न, पैदल वा सवारी साधनबाट एक ठाउँबाट अर्काे स्थानमा पुग्न सहज डिजिटल सुविधा प्रदान गर्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठेगाना कोड हुलाकी सेवाको लागि मात्र उपर्युक्त नभएर वित्तीय संस्थाहरुलाई हालको KYC  नियम पालना गर्न परेको कठिनाईहरुको लागि पनि लाभदायक हुन सक्दछ ।


Advertisment
Nabil box
Kumari

आफ्ना दैनिक कार्य सम्पादन गर्नुका साथै पेशा र ब्यावसाय सहज रुपमा फत्ते गर्न सहयोग पुर्याउने बिद्युतिय प्रणाली ठेगाना मार्फत नेपालको कुनैपनि स्थानको ठेगाना द्रुतगतिमा शेयर गर्न सकिन्छ । प्राकृतिक प्रकोपको बेला सजिलो र सरल माध्यमबाट राहत सेवा पुर्याउन पनि ‘ठेगाना’ को उपयोग गर्न सकिन्छ । इन्टरनेट बिना अफलाइन पनि काम गर्ने यो एपले हरेक मोड–मोडको निर्देशन दिंदै यात्रुलाई बाटो देखाएर यात्रालाई सहज बनाईदिन्छ । 

Vianet communication

ठेगानाको कोडमा ९ वटा अक्षर या नम्बरहरु दिइएका हुन्छन् । पहिलो ३ नम्बर या अक्षरले सम्बन्धित जिल्ला जनाउँदछ भने बाँकी ६ वटा नम्बर या अक्षरहरुले तोकिएको स्थान जनाउँदछ । उदाहरणको लागि, गोश्वारा हुलाक सुन्धारा, काठमाण्डौको ठेगाना बुझाउन ‘ठेगाना एप’ ले KTM-P82746 देखाउँदछ । यसमा KTM ले काठमाण्डौ जिल्ला र बाँकीले गोश्वारा हुलाकको बिद्युतीय ठेगाना भन्ने जनाउँदछ । त्यसैगरि लुम्बिनीमा रहेको अशोका स्तम्भको बिद्युतीय ठेगाना RUP-F78GV6 देखाउँदछ, जसमा RUP ले रुपन्देही जिल्ला र बाँकी अंक र अक्षरले अशोका स्तम्भको बिद्युतीय ठेगाना भन्ने जनाउँदछ ।

ठेगाना एपमा दर्ता गरिएपछि पछिल्ला ६ वटा नम्बर आफ्नो रुचि बमोजिम पनि राख्न सकिन्छ । जस्तै, ‘ठेगाना सेवा’ को ठेगानाको लागि हामीले  KTM-HELLO शब्द छनौट गरेकाछौं । तपाईंलाई आफ्नो ठेगाना स्मरण गर्न अप्ठेरो परेकोछ र अर्काको सम्झन पनि सहज भैरहेकोछैन भने ‘ठेगाना एप’ निर्बिकल्प सहयोगीको रुपमा तपाईको सामु हाजिर छ । यो डिजिटल एप मार्फत आफ्नो ठेगाना सम्झन र बितरण गर्न मोबाईल नम्बर याद गरे जत्तिकै सहज हुनेछ । 

अहिले हामीले चलाईरहेको ठेगाना प्रणाली निकै अब्यवस्थित र कमजोर रहेको तथ्य सर्वविदितै छ । त्यसैले ठेगाना सेवालाई सक्दो सहज र भरपर्दाे बनाउन विभिन्न माध्यमहरुबाट तथ्याङ्क बटुलेर त्यसलाई ध्यानपूर्वक जाँचि ‘डिजिटलाईज्ड’ गरेकाछौं । परम्परागत ठेगानालाई ‘डिजिटलाईज्ड’ गरि उपभोक्ताको कामकाज सहज र लचकता महसुस गराउने हाम्रो प्रयास हो ।

हामीले यो सेवालाई एकसाथ देशब्यापी शुभारम्भ गर्न गैरहेकाछौं ताकि देशका कुना कन्दराका जनताले ‘ठेगाना’ को भरपुर फाईदा उठाउन सकुन । ठेगाना एपको डिजाईनले ‘ठेगाना सेवा’ का अन्य सेवाहरुसंग सहज र संयुक्त रुपमा काम गर्न सक्छ, जसले उपभोक्ताहरुलाई जहिले र जहाँबाट होस् उनीहरुको स्मार्टफोन संरचनामा आधारित आफ्ना चाहना र अपेक्षाहरु पुरा गर्न सजिलो हुन्छ । 

ठेगाना सेवाले केहि स्थानीय निकायसंग डिजिटल ठेगाना ब्यवस्थापन बारे सहकार्य गर्न प्रारम्भ गरिसकेकोछ । बौद्ध वडा नम्बर–६, काठमाण्डौसंग सहकार्य गरि ‘ठेगाना’ को ब्यवस्थापन र अभ्यास शुरु गरिसकिएकोछ । 

कुनै ब्यक्ति विशेष, ब्यवसाय र उचित सार्वजनिक संस्थाहरु माझ संचार र सम्पर्कको माध्यमको आधार नै उनीहरुको ठेगाना हो । ठेगानाको उचित ब्यवस्था नहुनुपनि नेपालको सामाजिक र आर्थिक बिकासको लागि एउटा ठुलो बाधा हो । ठेगाना एप नेपालमा यो अभाव पुर्ने एउटा ईमान्दार प्रयत्न हो ।

‘हामीले स्मार्ट सिटीको चर्चा गर्न थालेको धेरै भइसक्यो । मेरो बिचारमा स्मार्ट सिटीको जग नै स्मार्ट ठेगानाबाट शुरु हुनुपर्छ ।’ ठेगाना सेवाका प्रमुख कार्यकारी अधिकृत बिशाल के.सी. भन्छन्, ‘हामी ठेगाना एप मार्फत स्मार्ट सिटीको जग हाल्दै स्मार्ट नागरिक तयार पार्ने अभियानमा हेलिन पाउँदा सुखानुभूति गरेकाछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x