×

NMB BANK
NIC ASIA

काठमाडौं – ‘दाम्मी, वा दाम्मी !‍’ वसन्तपुरकी नितु महर्जन मीठो लागेर चिच्याउँदै थिइन् । नजिकै रहेका रमेश भण्डारी ‘क्या मीठो! राम्रो ठाउँ बताइदियौ यार,’ भनेर साथी विक्रम महर्जनलाई धन्यवाद दिँदै थिए ।

Muktinath Bank

गोरखाका २६ वर्षीय सागर गुरुङले दुई सातायता काठमाडौंको वसन्तपुरमा चकलेट पानीपुरी बिक्री गर्दै आएका छन् । सम्भवतः नेपालमा चकलेट पानीपुरी बेच्ने सागर पहिलो व्यक्ति हुन् । चकलेट पानीपुरी खान पाएकोमा खुशी व्यक्त गर्दै थिए, नितु र रमेश ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

अष्ट्रेलियामा रहेका एक साथीले आफ्नो फेसबूक वालमा चकलेट पानीपुरीको फोटो राखेपछि उनलाई यसबारे जिज्ञासा लागेको रहेछ । 

Vianet communication

नेपालमा पनि सोधखोज गरे । केही पत्ता नलागेपछि यसको रेसिपी थाहा पाउन युट्युबको सहारा लिनुपर्‍यो । सर्च गरे– ‘हाउ टु मेक चकलेट पानीपुरी ?’ खोजे अनुसारकै भिडियो युट्युबमा भेटियो ।

युट्युबबाटै तरिका सिके । त्यसपछि उनले सबैभन्दा पहिला विदेशी पर्यटकलाई लक्षित गरी ठमेलमा पसल खोले । उनको प्राथमिकतामा नेपाली भन्दा विदेशी पर्यटक नै थिए ।

ठमेलमा सोचे अनुसारको व्यापार भएन । त्यसपछि उनले सधैँ भीडभाड हुने वसन्तपुर क्षेत्रमा पसल खोल्ने निधो गरे ।

वसन्तपुरमा सानो सटर त पाए, तर भाडा भने निकै महङ्गो । महिनाको ४० हजार भाडा तिर्ने गरी पसल शुरू गरे । हाल दैनिक सरदर १५० वटा चकलेट पानीपुरी बेच्ने गरेको उनी बताउँछन् ।

‘भर्खर नयाँ लोकेसन हो । धेरैलाई थाहा पनि छैन । बिस्तारै आउँदै हुनुहुन्छ,’ सागरले आशा व्यक्त गरे ।

विदेश जानुभन्दा आफ्नै देशमा सानोतिनो व्यापार गरेर पनि आम्दानी गर्न सकिने उनको विश्वास छ ।

यसकै कमाइबाट बुवाआमा, दाजुभाइ तथा दिदीहरू सहित ७ जनाको परिवार पाल्दै आएको सागर बताउँछन् ।

खानेहरू पनि खुशी

बाफलका रमेश भण्डारी ६ जना साथी लिएर लोकेसन खोज्दै आएका रहेछन् । ‘विक्रम महर्जनले मैले चकलेट पानीपुरी खाएँ, तिमीहरू पनि खाने भए जाउँ भनेपछि आफूलाई रोक्न सकिनँ, साथीहरूलाई लिएर आएँ,’ भण्डारीले सुनाए ।

वसन्तपुरकी नितु महर्जन साथीहरूले इन्स्टाग्राममा फोटो राखेको देखेर आएकी रहिछन् । ‘चकलेट पानीपुरी यम्मी! भनेर साथीहरूले इस्टाग्राममा राखेका रहेछन् । आफ्नो घरनजिकै रहेको थाहा पाएपछि ठाउँ पत्ता लगाएर आएको नि,’ नितुले लोकान्तरसँग भनिन् ।

चकलेट पानीपुरी खाँदै गरेको भेटिएका हरि सापकोटा भने नियमित आउँदा रहेछन् । आफूले जर्मन साथीबाट यसबारे थाहा पाएको उनले बताए ।

‘हवर्ड फ्र्याङ्क नाम गरेको साथीले ठमेलमा चकलेट पानीपुरी पाइन्छ भन्दा मलाई अचम्म लाग्यो अनि खान गएको थिएँ । अहिले नियमित ग्राहक हुँ,’ सपाकेटाले भने ।

कसरी बन्छ चकलेट पानीपुरी ?

चकलेट पानीपुरीमा धेरै मात्रामा चकलेट तथा आइसक्रिमको प्रयोग गरिन्छ । ‘सामान्य पानीपुरीमा जस्तै भेराइटीहरू राख्नुपर्छ, फरक यत्ति हो, यसमा चकलेट र क्रिमको प्रयोग गरिन्छ,’ सागरले भने ।

सर्वप्रथम सामान्य पानीपुरीको पुरीमा चकलेट पगालेर जलप लगाइन्छ अनि आइसक्रिम, चकलेट र केकमा प्रयोग गर्ने क्रिम पुरीभित्र राखिन्छ । त्यसपछि सामान्य पानीपुरीको पानी राख्ने ठाउँमा मिल्कसेक, चोको चिप्सहरू राखेर एकैचोटी सबै मुखमा राखेर खान मिल्ने बनाइन्छ ।

महिनामा सरदर १ लाख ५० हजारको व्यापार हुने गरेको सागर बताउँछन् । सबै खर्च कटाएर ५० हजार जति बच्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x