असोज ३०, २०८०
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
काठमाडौं – सलमान खान बलिउडका सबभन्दा ठूला सेलेब्रिटीमध्ये एक हुन् । विगत १० वर्षमा सलमानका फिल्महरूले बलिउडको कमाइमा महत्त्वपूर्ण योगदान गरेका छन् ।
प्रत्येक वर्ष सलमानका फिल्मले सजिलै १०० करोड भारु कटाउँछन् । वितरकहरू सलमानको फिल्म रिलिजलाई व्यग्रताका साथ प्रतीक्षा गरिरहेका हुन्छन् ।
विगत १० वर्षमा सलमानका फिल्महरूले २७२७ करोड भारु कमाएका छन् । सलमानका दबंग–३, इन्शाल्लाह र किक–२ बनिरहेका छन् र ती पनि ब्लकबस्टर हुने सम्भावना छ ।
सन् २०१० मा सलमानको दबंग फिल्म आएको थियो र त्यसले १३८.८८ करोड भारु कमायो ।
सन् २०११ मा उनको कमेडी फिल्म रेडी आयो । यसले कुल १२० करोड भारु हात पार्यो । त्यही वर्ष ईदमा बडीगार्ड फिल्म आयो र त्यसले १४२ करोड भारु कमायो ।
सन् २०१२ मा सलमानको एक था टाइगर आयो । फिल्मले १९८ करोड भारु कमायो । त्यसै वर्ष सलमानले दबंगको सिक्वेल ल्याए र त्यो फिल्मले १५८.५० करोड भारु कमायो ।
सन् २०१३ मा सलमानको कुनै पनि फिल्म आएन र सन् २०१४ मा जय हो आयो । यो फिल्म खास चलेन तैपनि १११ करोड भारु कमायो । तर त्यही वर्ष आएको फिल्म किकले २३३ करोड भारु कमाइदियो ।
सन् २०१५ मा सलमानको बजरंगी भाईजानले ३२०.३४ करोड भारु कमाएर सबैलाई मालामाल बनाइदियो । ३०० करोड भारु कमाउने लिस्टमा परे सलमान । त्यसै वर्ष प्रेम रतन धन पायो फिल्म पनि आयो र त्यसले २०७.०४ करोड भारु कमायो ।
सन् २०१६ मा सलमानले सुल्तान फिल्म ल्याए । फिल्मले ३००.४५ करोड भारु कमायो ।
सन् २०१७ मा चाहिँ सलमानको ट्युबलाइट फिल्म फ्लप भयो तैपनि १२१.२५ करोड भारु कमायो । तर त्यसै वर्ष आएको टाइगर जिन्दा है फिल्मले ३३९.१६ करोड भारु कमाएर वितरकहरूलाई मालामाल बनायो ।
सन् २०१८ मा सलमानको रेस–३ आयो तर त्यसले धेरैलाई निराश पारिदियो अनि जम्मा १६९ करोड भारु कमायो ।
सन् २०१९ मा सलमानको भारत फिल्म आयो र यसले विश्वव्यापी बक्स अफिसमा २५० करोड भारु कमाइसकेको छ ।
एजेन्सी
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...