×

NMB BANK
NIC ASIA

नेप्सेमा दोहोरो अंकको पहिरो

असार १, २०७६

NTC
Premier Steels

काठमाडौं- लगातार ओरालो लागेको शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक आइतवार पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ११.३६ बिन्दुले घटेर एक हजार २५८.२७ मा पुगेको छ । 

Muktinath Bank

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ बिन्दुले घटेर २६९.९७ अङ्कमा पुगेको छ । नेप्से परिसूचक घटेपनि कारोवार रकममा भने सामान्य वृद्धि भएको छ । कूल १७४ कम्पनीको १४ लाख ७३ हजार ८०८ कित्ता शेयर ४७ करोड २५ लाख २० हजार ८११ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
 
स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ ७.१३, होटल २७.५७, विकास बैंक ११.९२, जलविद्युत् १०.८१, वित्त ६.७१, निर्जीवन बीमा १११.०३, उत्पादन ७.१३, लघुवित्त ३०.२, जीवन बीमा ३५.४५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।
 
कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको प्रतिकित्ता रु ३२४ को दरले दुई करोड ९५ लाख ८० हजार ५६४ रुपैयाँमा कारोबार भयो । यस्तै शिवम् सिमेन्टको प्रतिकित्ता ६४६ रुपैयाँमा दुई करोड ५५ लाख १६ हजार ५७८, सिद्धार्थ बैंक दुई करोड ५४ लाख ६६ हजार ७६८ रुपैयाँ, कृषि विकास बैंक प्रतिकित्ता ४०४ रुपैयाँ मा एक करोड ८१ लाख ६७ हजार ६२१ रुपैयाँ र एनआईसी एशिया बैंकको प्रतिकित्ता ४५१ रुपैयाँमा एक करोड ६० लाख ९० हजार ९४० मूल्यमा शेयर खरीद बिक्री भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.७५ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ६.५९, गुराँस लघुवित्त वित्तीय संस्था ४.८९, हिमालयन ऊर्जा विकास कम्पनी ४.११, सपोर्ट माइक्रोफाइनाान्स वित्तीय संस्था ३.८३ र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीका शेयरधनीले २.६८ प्रतिशतले कमाए । 


Advertisment
Nabil box
Kumari

 स्टकमा आज दुई कम्पनीको शेयर मूल्य समायोजना भयो । सगरमाथा इन्स्योरेन्स कम्पनीले ६८ प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता ६८१ रुपैयाँमा मूल्य समायोजन गरेको हो । कम्पनीको औसत बजार मूल्य एक हजार १५ रुपैयाँ रहेको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x