जुवातास खेल्ने १३ जना पक्राउ

असार ८, २०७६

भक्तपुर – प्रहरीले सूर्यविनायक नगरपालिका–५ सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई ६ लाख १ हजार रुपैयाँसहित पक्राउ गरेको हो । 


ADVERTISEMENT

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार पक्राउ परेको १३ जनाविरुद्ध आइतवारै मुद्दा चलाएर कारवाही प्रक्रिया अगाडि बढाइएको छ । 

भक्तपुर नगरपालिका–१० कमलविनायकमा उपेन्द्र ढकालको घरमा डेरागरी बस्दै आएका ४५ वर्षीय राजकुमार थापाको आइतवार शव भेटिएको छ । थापा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । ठेगाना खुल्न नसकेका थापाको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
 

असार ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस