×

NMB BANK
NIC ASIA

को हुन् टर्कीमा अर्दोआनलाई बेइज्जत गर्ने एक्रेम इमामोग्लु ?

असार ९, २०७६

NTC
Premier Steels

काठमाडौं – एक्रेम इमामोग्लुको नाम टर्कीको राजनीतिमा गत मार्च महिनाको स्थानीय निर्वाचनअघि त्यति सुनिएको थिएन । 

Muktinath Bank

तर टर्कीको निर्वाचन बोर्डले उनको विजयलाई खारेज गरेको भए पनि आफ्नो अडानमा दृढ रही उनी इस्तानबुलको मेयर बन्न पुगे । यो विजयपछि उनी राष्ट्रपति रेचेप तैय्यप अर्दोआनका सबभन्दा ठूला चुनौती बन्न पुगेका छन् र टर्कीमा लोकतन्त्रका लागि अनपेक्षित नयाँ आशाको प्रतीक पनि बनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माण कम्पनीका पूर्वमालिक इमामोग्लु सन् २००९ मा स्थानीय राजनीतिमा आएका हुन् । उनी सन् २०१४ मा इस्तानबुलको मध्यमवर्गीय बेलिकदुजु जिल्लाको मेयर बनेका थिए । उनी विपक्षीहरूको गठबन्धन पिपुल्स रिपब्लिकन पार्टीका लागि मेयरका उम्मेदवार थिए । उनले सक्षम र खुला विचारधारा भएका प्रशासकका रूपमा आफ्ना मतदातामाझ लोकप्रिय बन्न सफल भए र त्यही आधारमा उनले धेरै प्रचारप्रसार नगरिकन निर्वाचन अभियान चलाएका थिए । 


Advertisment
Nabil box
Kumari

आफ्ना भाषणहरूमा उनले शहरको गरीबीलाई हटाउन मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले टर्कीको राजनीतिमा भित्रिएको लोकरञ्जनवादी भाषालाई आलोचना गर्ने गरेका छन् । 

Vianet communication

यसै वर्षको आरम्भमा उनले अर्दोआनसँग इस्तानबुलको भविष्यका विषयमा छलफल गर्न भेटघाट गरेका थिए । यसले उनलाई मतदाताको सम्मान दिलाएको थियो । 

इमामोग्लुलाई टोलका बैठकहरूमा स्थानीय मुद्दाको छलफल गरिरहेको देखिन्थ्यो । उनको विरुद्ध उठेका सत्तारूढ जस्टिस यान्ड डिभेलोपमेन्ट पार्टीका उम्मेदवार बिनाली यिल्दिरिमलाई चाहिँ राष्ट्रपतिले छायाँमा पार्दै विशाल र्‍यालीहरूमा राष्ट्रवादी नारा उचाल्ने गरेका थिए । 

यिल्दिरिमका पक्षमा सरकारी मिडियाहरू खुलेर लागेको भए पनि इमामोग्लुको निर्वाचन अभियानले शहरको कुर्दिश अल्पसंख्यकको मत प्राप्त गर्न सफल भएको थियो । ती अल्पसंख्यकहरू कुर्दिश राजनीतिकर्मीको पक्राउबाट असन्तुष्ट थिए । अनि एकेपी पार्टीका कामदार वर्गका मतदाताहरू २० प्रतिशतभन्दा बढीको मूल्यवृद्धि र बढ्दो बेरोजगारीबाट पनि बेखुशी थिए । इमामोग्लुको सीएचपी पार्टीको विजयले टर्कीको सबभन्दा ठूलो शहर तथा अर्थतन्त्रको मुटुमा इस्लामी दलहरूको पकडलाई विगत २५ वर्षमा पहिलोपटक कमजोर बनाएको छ ।  

आइतवार भएको पुनः निर्वाचनको पूर्वसन्ध्यामा एकेपीले कुर्दिश मतदाताहरूलाई फकाउन खोजेको थियो र इमामोग्लुका केही नीतिलाई आफ्नो भनी ब्रान्डिङ गर्न खोजेको थियो । 

तर एकेपीको प्रयास खेर गयो । इमामोग्लुले यस निर्वाचनलाई टर्किश लोकतन्त्रको भविष्यका लागि भएको लडाईंका रूपमा प्रस्तुत गरेका छन् । यिल्दिरिमले अघिल्लो चुनावभन्दा ८ देखि ९ प्रतिशत बढत लिएको ओपिनियन पोलहरूले देखाएका छन् । 

‘हामीले लामो समयसम्म गुमाएको सबै कुराको प्रतिनिधित्व इमामोग्लुले गर्छन्,’ नाम नबताउने एक नागरिक समाज अभियन्ताले भने । ‘उनी चतुर छन्, उनको ट्य्राक रेकर्ड राम्रो छ र आशा गरौं उनले सन् २०२३ मा अर्दोआनविरुद्ध उम्मेदवारी दिनेछन् ।

द गार्डियनमा प्रकाशित बेथान मककर्नानको रिपोर्ट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x