भारतका विदेशमन्त्री एस जयशंकर औपचारिक रूपमा भाजपामा प्रवेश

असार ९, २०७६

काठमाडौं – भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकर सोमवार औपचारिक रूपमा भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाको अपस्थितिमा पार्लियामेन्ट हाउसमा उनी पार्टी प्रवेश गरेका हुन् । 

जयशंकरले नरेन्द्र मोदी मन्त्रिमण्डलमा विदेशमन्त्रीका रूपमा शपथ लिएका थिए । उनले भाजपाकी वरिष्ठ नेत्री सुषमा स्वराजको स्थान लिएका हुन् । 


ADVERTISEMENT

भारतका शीर्ष रणनीतिक चिन्तक के सुब्रह्मण्यमका छोरा जयशंकर प्रधानमन्त्री मोदीका निकटवर्ती मानिन्छन् । मोदी, सुब्रह्मण्यम र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मोदीको पहिलो कार्यकालमा विदेश नीति बनाउन भूमिका खेलेका थिए । 

मोदीले परराष्ट्रनीतिमा अपनाएको गैरपरम्परागत तथा जोखिम मोल्ने तरिकामा जयशंकर फिट हुने विज्ञहरूले बताएका छन् ।

द हिन्दुस्तान टाइम्सबाट

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार