×

NMB BANK
NIC ASIA

नीतिमा जोर, प्रविधिमा कमजोर

भारतीय तरकारी आयातमा धक्का, विषादी परीक्षण गर्न गाडीहरू ४ दिन भन्सारमै

असार ९, २०७६

NTC
Premier Steels

बुटवल – रुपन्देहीको बेलहिया नाकामा तरकारी र फलफूल आयात गर्ने गाडीको लाम लाग्न थालेको छ ।

Muktinath Bank

भन्सारबाट नमूना संकलन गरेर काठमाडौंस्थित कालिकाटीमा परीक्षण गरेपछि मात्रै तरकारी आयात गर्न दिने गरिएको छ । रोकिएका तरकारीका १० गाडी नमूना परीक्षणपछि सोमवार छुटेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरियो तरकारी र फलफूलका ३२ गाडी प्रक्रियामा छन् । नेपाल सरकारले गत असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी बिषादी अवशेष परीक्षणपछि मात्र भारतीय तरकारी तथा फलफूल आयात गर्न सकिने व्यवस्था गरेपछि करीब ४ दिनदेखि गाडीहरू बेलहिया भन्सारमा रोकिएका हुन् ।


Advertisment
Nabil box
Kumari

सरकारले बिषादी अवशेष परीक्षण गर्ने भनेपनि बेलहिया भन्सार कार्यालयमा परीक्षण गर्ने उपकरण नभएपछि रोकिएको हो । रोकिएकामध्ये १० वटा गाडीले पठाएको तरकारीको नमूना नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला बिषादी अवशेष  द्रूत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीबाट परीक्षणपछि उपभोग योग्य भनेर पत्र प्राप्त भएपछि  छोडिएकोे भन्सार कार्यालयका अधिकृत कालिराम पौडेलले बताए ।

Vianet communication

केन्द्रीय कृषि प्रयोगशालाले भारतबाट आयातीत तरकारी तथा फलफूलमा विषादी अवशेषको प्रतिशत हेर्छ, जसमा ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भए उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म विषादी अवशेष भए केही दिन राख्नेछ र ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भए बिसर्जन गर्नेछ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय  प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्ı क्वारेन्टाइन कार्यालय भैरहवाका बाली संरक्षक अधिकृत बृजकिशोर उपाध्यायका अनुसार अहिले भैरहवा कार्यालयले तरकारी तथा फलफूलमा हुने किरा तथा रोग हेर्ने तर विषादी अवशेष हेर्नको लागि प्राविधिक र उपकरण नभएकाले परीक्षणको लागि केन्ıमा पठाएको बताए ।  

अहिले पनि नेपाल भित्रिने करीब ३२ वटा गाडी भारतीय नाका सुनौलीमै रहेका छन् भने थपिने क्रम जारी रहेको छ । भैरहवा भन्सार कार्यालयमा प्राविधिक र उपकरण नभएकै कारण अब भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलका गाडी केही दिन भन्सारमै रोकिने छ ।

रुपन्देहीको बुटवलस्थित फलफूल तथा तरकारी बजारमा उपकरण छन् । तर त्यहाँ प्राविधिक जनशक्ति अभावको कारण परीक्षण हुन सकेको छैन । सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्यले सरकारले विषादी अवशेष परीक्षण गरेर मात्र भारतीय तरकारी तथा फलफूल नेपाल भित्रिन दिने निर्णय राम्रो भएपनि अझ तयारीका साथ उपकरण र प्राविधिक देशका हरेक भन्सार कार्यालयमा विस्तार गरेर गरेको भए प्रभावकारी हुने बताए ।

तरकारी र फलफूल विषादी अवशेष परीक्षणको लागि पेस्टिसाइट एनलाइसिस प्रोमोटोग्राफी मेसिन आवश्यक पर्छ तर मेसिन भन्सार, क्वारेन्टाईन र खाघ तथा गुण नियन्त्रण कार्यालयसँग छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x