×

NMB BANK
NIC ASIA

कैलाली (हसुलिया) – कैलालीको कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०७६/२०७७ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

Muktinath Bank

गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले मंगलवारबाट शुरू भएको चौथौं गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चौधरीले गाउँपालिकालाई ग्रीन र स्मार्ट गाउँपालिकाको नीति तथा मार्गदर्शन प्रस्तुत गरे । जसअनुसार सबै विद्यालयमा शैक्षिक सामग्रीको रुपमा शिक्षण सफ्टवेयर, ई–पुस्तक, शिक्षण सम्बन्धी प्रयोगशाला, अडियो, प्रोजेक्टर, कम्प्यूटर र इन्टरनेट जडान ५ वर्षभित्रै गरिने बताए ।


Advertisment
Nabil box
Kumari

५ वर्षभित्रै विज्ञ डाक्टरमार्फत टेलिमेडिसिन अर्थात इन्टरनेटमार्फत दूर स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिकाको योजना छ । २ वर्षभित्रै गाउँपालिकामा इन्टरनेट विस्तार गरी ३ वर्षभित्र इ–गभर्नेन्स गाउँपालिका बनाइने र ५ वर्षभित्र गाउँपालिकाका वासिन्दालाई फ्री वाईफाई सेवा दिने अध्यक्ष चौधरीले बताए ।

Vianet communication

गाउँपालिकामा यातायात सेवा सहज बनाउन रिङ रोड निर्माण गरिने भएको छ । २० वर्षभित्रै सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ भने गाउँपालिकामा ‘अपन डगर अपनही बनाई’ कार्यक्रम गर्ने जनाएको छ ।

पर्यटकीय क्षेत्रको विकासको लागि गाउँपालिकास्थित कोइलहुवा ताल, वनदेवी मन्दिर, कमल पोखरी लगायतको गुरुयोजना बनाई ८ वर्षभित्रै सुविधा सम्पन्न बनाइने नीति लिइएको छ भने ५ वर्षभित्र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ११ हजार ६ सय ६१ जना बेरोजगार सूचीकृतलाई क्षमता र दक्षता हासिल गराई बेरोजगारमुक्त गाउँपालिका बनाइने रोजगार नीति लिएको छ । गाउँपालिकालाई १ वर्षभित्र ‘जिरो होम डेलिभरी’ घोषणा गर्ने स्वास्थ्य नीति लिएको छ ।

२०७६/२०७७ को क्षेत्रगत नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा पारिएको छ । निर्वाहमुखी कृषिबाट व्यावसायिकीकरण तथा यान्त्रीकरण गर्न आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिने जनाइएको छ भने पर्यटन विकासको लागि तालतलैयाको एकीकृत अभिलेख एंव होमस्टे प्रवद्र्धनको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले नीति लिएको छ ।

विपन्न तथा सिकलसेलका बिरामीको औषधोपचारको लागि गाउँपालिकामा औषधी उपचार कोषको व्यवस्था गरिने जनाइएको छ भने दीर्घरोगका बिरामीका लागि पनि आवश्यक बजेट विनियोजन गरिने जनाइएको छ ।

यसैबीच गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौंवाले ५० करोड ८५ लाख १८ हजार बराबरको बजेट प्रस्तुत गरेकी थिइन् । उनले संघीय सरकारबाट प्राप्त ४४ करोड २४ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त १ करोड ९७ लाख ९० हजार र आन्तरिक आय ४ करोड ४४ लाख गरी ५० लाख ८५ लाख १८ हजार बराबरको बजेट प्रस्तुुत गरेकी हुन् । यसैबीच गाउँसभामा प्रदेशसभा सदस्य वीरमान चौधरीले विशेष सम्बोधन गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x