विप्लवका कार्यकर्ता प्रहरीको गिरफ्तारीमा

असार २३, २०७६

काठमाडौँ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् ।

देशैभर प्रतिबन्धित नेकपाले आफ्ना गतिविधि बढाइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई पक्राउ परेका हुन् ।


ADVERTISEMENT

सोमवार बिहान इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ईश्वरीदत्त पाण्डेयको नेतृत्वमा गएको टोलीले उनीहरुलाई गाउँबाटै नियन्त्रणमा लिन सफल भएको हो ।

विशेष सूचनाका आधारमा पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

 

 

असार २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार