रातको समयमा बिर्सेर पनि गर्न नहुने यी ५ काम

असार २५, २०७६

 आधुनिक समाज तीब्रगतिमा चलिरहेको छ । आधुनिक समाजमा नकारात्मक सोचले बढी प्रभाव पारेको देखिन्छ । रातको समयमा गर्न नहुने यी पाँच काम यस्ता छन् । जसले जीवनमा खुशी ल्याउन मद्दत पुग्दछ ।

कपाल खोलेर नसुत्नु
रातिको समयमा सुत्दाखेरि कपाल खोलेर सुत्न नहुने मान्यता छ । शास्त्रका अनुसार कपाल खोलेर सुत्दा इर्द–गिर्द नकारात्मक उर्जा एकत्रित हुने गर्दछ जसले जीवनमा हानी पु-याउँछ ।


ADVERTISEMENT

रातिको समयमा चौबाटोमा जान नहुने
रातिको समयमा सडक चौबाटोमा कहिल्यै हिँड्नु हुँदैन । रातिको समयमा चौबाटोमा नकारात्मक उर्जा रहने कारण चौबाटोमा हिँड्न खतरा हुने गर्दछ ।

खराब छवि भएकासँग राति नभेट्नु
रातिका समयमा खराब आचरण भएका मान्छेसँग भेट्दा आफ्नो ब्यक्तित्वमा खराब असर पर्ने गर्छ ।

राति  घाटमा जान नहुने
रातिको समयमा श्मशान घाटमा नकारात्मक उर्जा सक्रिय हुने गर्छन् । जसले तपाइँको मानसिक स्थितिमा नकारात्मक प्रभाव पर्ने गर्दछ ।

रातिको समयमा नुहाउन नहुने
रातिको समयमा नुहाएर सुत्न नहुने कथन छ किनकी रातिको समयमा सक्रिय नकारात्मक प्रभाव तपाइँप्रति आकर्षित हुन सक्छन् । एजेन्सी

असार २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस