पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
असार ३०, २०७६
काठमाडौं – गत साता तालिबानसँग शान्ति सम्झौताको स्वरूप तयार पार्न अमेरिका, रुस, चीन र पाकिस्तानले भूमिका निर्वाह गरेका छन् ।
अफगानिस्तानको सुखद भविष्यका लागि भारतले लामो समयदेखि गरेको प्रयास निष्प्रभावी भएको छ । यसमा भारतको उपस्थिति र आवाज कमजोर हुँदै गएको छ भने पाकिस्तानले यस अवसरको फाइदा उठाएर आफूलाई भूराजनीतिको केन्द्रमा स्थापित गरेको छ ।
अमेरिकाले अफगानिस्तानको मुद्दामा रुस र चीनसँग मिलेर काम गर्न सफलता पायो । गत साता उसले पाकिस्तानलाई पनि यसमा समावेश गरेको थियो । पाकिस्तान नै तालिबानको प्रमुख स्पोन्सर हो ।
पाकिस्तानले नै तालिबानलाई वार्तामा ल्याउन प्रमुख भूमिका निर्वाह गरेको हो । बेइजिङमा शुक्रवार अफगान शान्ति प्रक्रियामा चौपक्षीय साझा बयान जारी गर्ने विषयमा चारै देशको बैठक भएको थियो ।
भारतका लागि अफगानिस्तानका पूर्व राजदूत तथा राष्ट्रपति पदका उम्मेदवार शाइदा अब्दालीले गत साता द टाइम्स अफ इन्डियालाई बताएका थिए, ‘अफगानिस्तानसँग सम्बन्ध बलियो बनाउने भारतको १८ वर्षको प्रयास अहिलेको मोडमा आएर असफल हुनु हुँदैन । अफगानिस्तानमा विकसित परिस्थितिमा भारतलाई संलग्न नगराउँदा दीर्घकालीन भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’
तर भारत यो शान्ति सम्झौतामा संलग्न गराइएको छैन र भारतीय चिन्ताहरूलाई पनि वास्ता गरिएको छैन ।
भारतले तालिबानसँगको शान्ति प्रक्रिया पूरा नभएसम्म राष्ट्रपति चुनाव हुन नहुने अडान लिइरहेको थियो । तर अफगानिस्तानका लागि अमेरिकी राजदूत जोन बासले बिहीवार राष्ट्रपति चुनाव शान्ति प्रक्रिया पूरा नहुन्जेल टार्न सकिने बताएका छन् ।
अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ भारत आउँदा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले निकै जोड दिएर शान्ति प्रक्रिया चलिरहँदा नै अफगानिस्तानमा राष्ट्रपति चुनाव हुनुपर्ने बताएका थिए । भारतले अमेरिकाका विशेष प्रतिनिधि जलमे खालिजाद र रुस दुवैसामु अफगानिस्तानमा अन्तरिम सरकार गठनको प्रस्तावको विरोध गरेको थियो । तर अफगानिस्तानको शान्तिका प्रमुख सरोकारवाला कसैले पनि भारतको आवाजलाई वास्ता गरेको देखिँदैन ।
गत साता अमेरिका र तालिबानले अस्थायी सम्झौताका आठवटा विन्दु तय गरेका थिए । खालिजादले यसलाई अमेरिकी सैनिक फिर्ती नभई शान्ति सम्झौता भने पनि तालिबान र अन्य पक्ष अफगानिस्तानबाट भाग्ने अमेरिकी प्रयास मानिरहेका छन् । अचम्मको कुरा त, तालिबानले दिनदिनै आतंकवादी आक्रमण गरे पनि शान्ति प्रक्रिया तीव्रताका साथ अघि बढिरहेको छ ।
एजेन्सी
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...