ग्यास विस्फोटमा परी चीनमा १० जनाको मृत्यु, १९ घाइते

साउन ४, २०७६

झेन्झाउ- चीनको एउटा ग्यास उद्योगमा शुक्रवार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । 

घटनामा परी अरू १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्कविहीन रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । 


ADVERTISEMENT

हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रवार बेलुका ५.४५ मा विस्फोट भएको हो । 

इमा शहरमा अवस्थित हेनान कोल ग्यास कम्पनी लिमिटेडको ग्यास उद्योगमा विस्फोट भएको स्थानीय प्रशासनले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन् । 

Photo : Cbsnews.com

साउन ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार