×

NMB BANK
NIC ASIA

कांग्रेस अनुशासन समितिले गर्‍यो बागी, प्रस्तावक र समर्थकलाई कारवाही [सूचीसहित]

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २०७४ सालमा स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका नेता कार्यकर्तालाई पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको छ । 

Muktinath Bank

कांग्रेस अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेले सोमवार एक विज्ञप्ति जारी गर्दै बागी, प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधानको धारा ३४ को उपधारा ४(क) बमोजिम कारवाही गरेको जनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत असारको ३ गते बसेको केन्द्रीय अनुशासन समितिको बैठकले गरेको निर्णय बमोजिम त्यस्ता नेता कार्यकर्तालाई सम्बन्धित पार्टीको जिल्ला अभिलेखबाट हटाउने निर्णय गरेको बताए आङ्देम्बेले बताए । 
विज्ञप्तिमा केन्द्रीय अनुशासन समितिमा बाँकी त्यस्ता नेता कार्यकर्ताको नामावली छिटोभन्दा छिटो पठाउन समेत निर्देशन दिइएको छ । 


Advertisment
Nabil box
Kumari

को–को परे कारवाहीमा ?

Vianet communication
Laxmi Bank

सोलुखुम्बुका दूधकोशी गाउँपालिकाका अध्यक्ष वीरबहादुर गुरुङसँगै गुरुङका प्रस्तावक र समर्थक कारवाहीमा परेका छन् । दूधकोशीकै वडा नम्बर ९ का अध्यक्ष र उनका प्रस्तावक र समर्थक र सोही गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष सँगै उनका प्रस्तावक र समर्थक परेका छन् ।

सोलुखुम्बु जिल्लाकै नेचा–सल्यान र सोताङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पनि कारवाहीमा परेको विज्ञप्तिमा जनाइएको छ । सोताङका वडा नम्बर ३ का अध्यक्ष समेत कारवाहीमा परेका हुन् । यी बागी उम्मेदवार भएका आधारमा कारवाहीमा परेका हुन् । 

रौतहटको देवानी गोनाही नगरपालिकामा अन्य पार्टीबाट वडाध्यक्षका उम्मेदवार बनेका शेख नुरुललाल र शेख आलम पनि कारवाहीमा परेका छन् भने दैलेखको भैरवी गाउँपालिका–२ नम्बर वडामा अध्यक्षका उम्मेदवार बनेका धकबहादुर थापा पनि कारवाहीमा परेका छन् । थापा तत्कालीन माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बन्न गएका थिए ।

हेर्नुस् कारवाहीमा पर्नेको नामावलीसहितको विज्ञप्ति :-

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x