रुपन्देहीमा बाढीले बगायो घर

प्रतिकात्मक तस्वीर
साउन ८, २०७६

बुटवल – अविरल वर्षापछि आएको बाढीले रुपन्देहीको ढवाहमा एउटा घर बगाएको छ ।

ढवाह वडा नम्बर १२ पिसपार्क नजिकै रहेको दिपक विकको घर राति १ बजे सतगरी खोलामा आएको बाढीले बगाएको हो ।


ADVERTISEMENT

बाढीको सम्भावनालाई मध्यनजर गर्दै वारिपारि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोलामा जाली तथा ढुंगाको पर्खाल लगाएपनि मंगलवार राति आएको ठूलो बाढीका कारण घर बगेको प्रहरी सहायक निरीक्षक लोकबहादुर रजाली मगरले जानकारी दिए ।

जोखिमको सम्भावना देखेपछि मंगलवार नै घरका सबै सामान अन्यन्त्र सारेको र घरमा रहेका सबै परिवार बाहिर बसेको कारण मानवीय क्षति भने हुन पाएन ।

साउन ८, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस