×

NMB BANK
NIC ASIA

अफगानिस्तानमा अभीष्ट पूरा गर्न पाकिस्तानमाथि भर पर्दै ट्रम्प

साउन ८, २०७६

NTC
Premier Steels

काठमाडौं – दुई वर्षअघि अमेरिकाको दक्षिण एसियाली नीतिलाई केन्द्रविन्दु बताउने ट्रम्प प्रशासनले अहिले आएर चाहिँ पाकिस्तानतर्फ झुकाव बढाइरहेको देखिन्छ । 

Muktinath Bank

अर्को वर्षको राष्ट्रपति चुनावलाई ध्यानमा राख्दै डोनल्ड ट्रम्पले सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता बोलाउने फैसलामा अडान देखाएको छ । युद्धग्रस्त अफगानिस्तानमा आफ्नो हितको रक्षाका लागि अमेरिका अब पाकिस्तानमा निर्भर भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध अन्त्य गर्नका लागि राजनीतिक सम्झौता गराउन सक्ने ट्रम्पले बताएका छन् । पाकिस्तानलाई प्रत्येक वर्ष १.३ अर्ब डलरको सहायता रकम पुनर्बहाली गर्ने सम्भावना पनि उनले देखाएका छन् । पोहोर साल यसमा रोक लगाइएको थियो ।


Advertisment
Nabil box
Kumari

यी सबै घटनाक्रमको असर धेरै हदसम्म ट्रम्पले अपनाउने भारत–पाकिस्तानप्रतिको नीतिमा पर्न सक्छ । नियन्त्रण रेखामा तनाव कम हुने कुराले अफगानिस्तानमा समर्थनको कुरालाई निर्धारित गर्ने इमरानले ट्रम्पलाई बताएका छन् ।

Vianet communication

ह्वाइट हाउसमा इमरान खानसँग सोमवार भएको बैठकमा ट्रम्पले भने, ‘पाकिस्तानले अमेरिकालाई अफगानिस्तानबाट निस्कन सहायता गर्छ जस्तो लाग्छ ।’

ट्रम्पको यो बयान एक वर्षअघिको उनको सोचभन्दा फरक छ । उनले पोहोर साल एक ट्वीट गरेर पाकिस्तानले आफूलाई झूट र धोका बाहेक केही पनि नदिएको लेखेका थिए । पाकिस्तान आतंकवादीहरूको सुरक्षित शरणस्थल बनेको पनि उनले लेखे । 

त्यसपछि वाशिङटनले पुलवामा आक्रमणपछि मसूद अजहरलाई वैश्विक आतंकवादी घोषणा गराउन नयाँ दिल्लीको सहायता गरेको थियो यसबाट पाकिस्तानविरुद्ध भारतको प्रयास बलियो बनेको थियो ।

तर अहिले अमेरिका पाकिस्तानसँगको सम्बन्धलाई नयाँ आयाम दिन तयार देखिन्छ । ट्रम्पले सोमवार भने, ‘हामीले विगत केही हप्तामा राम्रो प्रगति गरेका छौं । अमेरिकाको पक्षमा अनेकौं घटनाक्रम विकसित भइरहेको छ र इमरानको नेतृत्वमा पाकिस्तानमा पनि राम्रो प्रगति भइरहेको छ ।’

ट्रम्पले अफगानिस्तानबाट अमेरिकी बहिर्गमनका लागि पाकिस्तानको महत्त्वपूर्ण भूमिका रहेको बताएपछि इमरान खान निकै हर्षित छन् । इस्लामाबादले सोमवार ट्रम्पले तालिबानसँगको शान्तिवार्तामा आफूले गरेको योगदानको सराहना गरेको र खानले यस प्रक्रियामा अघि बढ्न सहायता गर्ने आश्वासन दोहोर्‍यायो ।

अफगानिस्तानमा पाकिस्तानको ठूलो भूमिकाको असर भारत र अमेरिकाको सम्बन्धमा पर्न सक्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x