×

NMB BANK
NIC ASIA

वातावरण संरक्षणमा नेपालबाट सिक्न चाहन्छौं : चीन

साउन ८, २०७६

NTC
Premier Steels

काठमाडौं– नेपाल र उत्तर छिमेकी चीनबीच आगामी दिनमा वन तथा वातावरण संरक्षण र पर्यावरणीय सन्तुलन कायम गर्नेबारेमा भइरहेका प्रयासबारे अनुभव आदान–प्रदान गर्ने काम भएको छ । यस्तै दुई मुलुकबीच वन, वातावरण, वन्यजन्तु तथा समग्र जैविक विविधताको व्यवस्थापनका साथै वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल समेत भएको छ ।

Muktinath Bank

चिनियाँ अधिकारीहरूले नेपालले संरक्षण क्षेत्रमा जनसहभागितामा आधारित नमुना कार्यक्रमहरू सञ्चालन गरिरहेकामा प्रशंसा गर्दै आफूहरू त्यसबाट सिक्न इच्चुक रहेको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल भ्रमणमा रहेको चिनियाँ जनकांग्रेस (संसद)को चिनियाँ जनकांग्रेसको वातावरण तथा स्रोत संरक्षण समितिका अध्यक्ष काओ हुछङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधवार वन तवा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर नेपालको अनुभवबाट आफूहरू सिक्न इच्छुक रहेको बताएको हो । टोली नेता हुछङले आफूहरू संरक्षण क्षेत्र र राष्ट्रिय पार्कसम्बन्धी नयाँ कानूनको मस्यौदा ड्राफ्ट गर्ने प्रक्रियामा रहेको र त्यसैका लागि अनुभवबारे बुझ्न नेपाल आएको बताए ।


Advertisment
Nabil box
Kumari

‘वन, वातावरण, वन्यजन्तु संरक्षण र पर्यायवरणको क्षेत्रमा नेपाललले धेरै राम्रो काम गरेको छ,' हुछेङले भने, ‘हामी तपाईंहरूको अनुभवबाट सिक्न आएका हौं, हाम्रो देशमा कानून बनाउँदा तपाईंहरूले गरिरहेको अभ्यासलाई समेट्ने योजनामा छौं ।’ चीन नेपालभन्दा भूगोलका आधारमा ठूलो भए पनि दुई देशबीच सदैव समानता, सह–अस्तित्व र भातृत्वमा आधारित सम्बन्ध रहेको चर्चा गर्दै उनले वातावरण संरक्षण र लजवायु परिवर्तनका क्षेत्रमा समेत नयाँ सहकार्यको जरुरी देखिएको औंल्याए ।

Vianet communication

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनमा राष्ट्रपति सी जिनफिङले पर्यायवरण विचारधारा प्रस्ताव गरेको र त्यसले चीनमा मात्र नभई संसारभरि कसरी पर्यावरणीय सन्तुलन कायम राख्ने भन्ने दिशानिर्देश गरेको उल्लेख गरे । 

वन तथा वातावरणमन्त्री बस्नेतले नेपालको वन तथा वातावरण, संरक्षण क्षेत्र, निकुञ्ज र आरक्षका छुट्टाछुट्टै कानूनी व्यवस्था र नियमावलीहरूका व्यवस्थाबारे चिनियाँ टोलीलाई अवगत गराए । उनले राष्ट्रिय निकुञ्जहरूबाट भएको आम्दानीको ५० प्रतिशत हिस्सा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयका लागि खर्च गर्ने गरिएको जानकारी दिँदै त्यसले संरक्षणमा स्थानीयको सहभागिता र  स्वामित्व सुनिश्चित गरेको बताए ।

मन्त्री बस्नेतले पृथ्वीको सुरक्षा र प्राणी जगतको हित विश्वको अनिवार्य दायित्व भएकाले त्यसमा नेपाल–चीन सहार्य जरुरी रहेकामा जोड दिए । राजनीति, कूटनीति, अर्थनीति तथा पर्यावरणलाई एकाकार गर्नुपर्ने उनको भनाइ थियो । नेपाल ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ विकासको अभियानमा जुटेको भन्दै मन्त्री बस्नेतले त्यसमा सहयोग गर्न चीनलाई आग्रह गरे ।

‘हामी समृद्ध नेपाल, सुखी नेपाली अभियानमा छौं,' बस्नेतले भने,'यसमा राष्ट्रिय सीमाभन्दा बाहिरको सहयोग र सहकार्य जरुरी छ, हामी चीनसँग सहकार्य गर्न चाहन्छौं ।’  मन्त्री बस्नेतले हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य अर्थात ०.०२७ प्रतिशत रहेको भए पनि त्यसबाट अतिप्रभावितको सूचीमा रहनु दुःखद विषय भएको उल्लेख गरे । 

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईको निमन्त्रणामा नेपाल आएको चिनियाँ जनकंग्रेस टोलीले यसअघि सभामुख कृणबहादुर महरासँग शिष्टाचार भेट गरेको थियो । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x