चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
साउन १५, २०७६
दक्षिण कोरिया अहिले विभिन्न किसिमका भौगोलिक तथा क्षेत्रीय जोखिममा परेको छ । आर्थिक क्षेत्रमा दक्षिण कोरियाले जापानको अभूतपूर्व दबाब खेप्नुपरेको छ । सुरक्षाको क्षेत्रमा चीन र रुसले कोरियाको आकाशमा आफ्ना सैन्य विमान उडाउन थालेका छन् । त्यसमाथि राष्ट्रपति मून जे–इनको उपलब्धिको केन्द्रविन्दुका रूपमा रहेको उत्तर कोरियासँगको सम्पर्क भत्किँदै गएको छ ।
एक वर्षअघि मात्र मूनले प्रतिस्पर्धी चासो र शक्तिशाली छिमेकीहरूबीच दह्रो खुट्टा टेक्दै सन्तुलन मिलाएका थिए । अहिले चाहिँ त्यसमा पूरै पल्टा खाएर मून क्षमताविहीन देखिएका छन् ।
चीन विरुद्ध चीन
शताब्दियौंसम्म बेइजिङले कोरियाली प्रायद्वीपमा चासो राख्दै आएको छ । बेइजिङ र सउलबीचको सम्बन्ध सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धपछि व्यापक मात्रामा अघि बढेको छ । तर अहिले यस सम्बन्धमा नयाँ आयाम थपिन थालेको छ । चीनको घरेलु झगडा अहिले कोरियाली भूमिमा लडिन थालेको देखिन्छ ।
दक्षिण कोरियाका क्याम्पसहरूमा चिनियाँ मुख्यभूमि र हङकङका विद्यार्थीहरूबीच हङकङमा चलिरहेको विरोध प्रदर्शनका विषयमा झगडा पर्ने गरेको छ । अनि गत साता दक्षिणको राष्ट्रपति निवास ब्लू हाउसअगाडि चिनियाँ र कोरियाली साझेदारहरूले चीनमा प्रतिबन्ध लगाइएको अनअर्थोडक्स चर्चका शरणार्थीविरुद्ध विरोध प्रदर्शन गरेका थिए ।
द चर्च अफ अल्माइटी गड (क्याग) लाई बेइजिङले खतरनाक धार्मिक समूह मान्ने गरेको छ । चर्चका हजारौं सदस्यहरू विदेश पलायन भएका छन् र उनीहरूले चीनमा आफूमाथि दमन गरिएको बताएका छन् । गत साता क्यागका सदस्य रहेका व्यक्तिका परिवारका सदस्यले दक्षिण कोरिया आएर सदस्यहरूलाई चीन फर्काइनुपर्ने माग राखेका थिए । क्यागका सदस्यहरू दक्षिण कोरियामा शरणार्थीको हैसियतमा बस्न खोजिरहेका छन् ।
उता क्यागका सदस्यहरूले पनि ब्लू हाउसअगाडि प्रदर्शन गरेका छन् । आफूहरूले परिवारका सदस्यलाई भेट्न चाहेको भएपनि भेट्न नदिइएको उनीहरूको भनाइ छ ।
मूनको उदारवादी प्रशासनले शरणार्थीहरूलाई चीन फर्काउने सम्भावना छैन किनकि ती शरणार्थीहरूलाई चीनमा अवश्यै कठोर सजाय दिइनेछ । तर उत्तर कोरियाबाट भागेका व्यक्तिलाई जबर्जस्ती फर्काउनबाट रोक्नका लागि चीनको सद्भावमा मून भर परेका छन् । यसले कूटनीतिक सम्बन्ध कति संवेदनशील छ भन्ने संकेत दिन्छ ।
त्यसमाथि ठूला रणनीतिक खेलहरू खेलिन लाग्दैछन् ।
चीन र रुसको साझेदारी
चीन र रुसले उत्तरपूर्वी एसियामा अमेरिका र उसका साझेदारलाई रोक्न खोजेका छन् । अमेरिकाको क्षेप्यास्त्रप्रतिरोधी रक्षा प्रणाली थाड सन् २०१७ मा दक्षिण कोरियामा स्थापित गरिएपछि यी दुवै मुलुक रिसाएका थिए । सउल र वाशिङटनले थाड उत्तर कोरियाविरुद्ध लक्षित रहेको दाबी गरे पनि थाडको राडारले आफूहरूविरुद्ध जासूसी गर्ने बेइजिङ र मस्कोको दाबी छ ।
थाड जडान गरिएपछि बेइजिङले दक्षिण कोरियाविरुद्ध आर्थिक कसीकसाउ गर्दै चिनियाँ भ्रमण समूहलाई रोक्यो अनि चीनमा रहेका दक्षिण कोरियाली व्यापार अवरुद्ध गर्यो । मून राष्ट्रपति हुनुअघि नै थाड जडान गरिएको थियो र मून आएपछि उनले यसलाई नरम बनाउन खोजे । सउलले जापान र अमेरिका सम्मिलित त्रिपक्षीय सुरक्षा साझेदारीमा भाग नलिने भनी बेइजिङलाई फकाएका थिए । उनले थाडको उपस्थितिलाई विस्तार नगर्ने प्रतिज्ञा पनि गरेका थिए ।
तर बेइजिङले थाडका विषयमा अझै पनि गुनासो गर्ने गरेको छ र अहिले उसले कोरियाली आकाशमा मस्कोसँग साझेदारी गरिरहेको छ ।
चिनियाँ विमानहरू जापान र दक्षिण कोरियाको हवाई सुरक्षा पहिचान क्षेत्र (एडिज) मा पहिलेदेखि नै जाने गरेका थिए । ती क्षेत्रहरू अबाध्यकारी, एकपक्षीय रूपमा स्थापित स्पेस थिए । तर गत साता रुसी विमान दक्षिण कोरियाको स्वायत्त हवाई क्षेत्रमा प्रवेश गरेपछि कुरा बिग्रेको थियो । सउलले तत्कालै जेटहरू पठाएर चेतावनीका शटहरू प्रहार गरेको थियो । त्यही समयमा चिनियाँ विमान पनि दक्षिण कोरियाको एडिजमा प्रवेश गर्यो ।
पछि गएर प्रस्ट भयो – यी दुई एयरफोर्सहरूले संयुक्त रूपमा अभ्यास गरिरहेका थिए । उक्त क्षेत्रमा उनीहरूको यो पहिलो संयुक्त लामो दूरीको हवाई गश्ती थियो ।
अमेरिकाका वरिष्ठ सुरक्षा अधिकारीहरूले उक्त क्षेत्रमा विगत दुई हप्तामा भ्रमण गरे पनि त्रिपक्षीय सुरक्षा साझेदारी अहिलेका लागि असम्भव देखिन्छ । उत्तरपूर्वी एसियाका दुई लोकतान्त्रिक मुलुक जापान र दक्षिण कोरियाबीचको सम्बन्ध बिग्रँदै गएको छ । सउल र टोक्योबीच विनाशकारी व्यापारयुद्ध हुन लागेको छ ।
यसको दोष मूनले लिनुपर्ने हुन्छ । सन् २०१७ मा सत्तारोहण गरेयता उनले टोक्योलाई चिढाउने अनेकौं काम गरे ।
मून विरुद्ध आबे
मून र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच कहिले पनि राम्रो सम्बन्ध रहेन । सन् २०१५ मा सउल र टोक्योबीच भएको ‘कम्फर्ट विमेन’ (दोस्रो विश्वयुद्धमा जापानी सैनिक बनाएका कोरियाली यौनदासी) विषयक सम्झौतालाई मूनले पल्टाए । अनि दक्षिण कोरियाको सर्वोच्च अदालतले जापानी व्यापारीहरूलाई दोस्रो विश्वयुद्धताका जबर्जस्ती काममा लगाइएका मजदूरलाई क्षतिपूर्ति तिर्न आदेश दियो ।
जापानले चाहिँ यो विषयको समाधान सन् १९६५ मै भइसकेको बतायो । त्यतिखेर एउटा द्विपक्षीय सन्धिले जापानी कम्पनीहरूलाई कोरियामा काम गर्ने बाटो खोलेको थियो र त्यससँगै ८० करोड डलरको आर्थिक प्याकेज पनि दिइएको थियो ।
सन् १९६५ मा भएको सन्धिमा मध्यस्थता गर्नुपर्ने टोक्योको मागलाई सउलले अस्वीकार गर्यो । अनि जापानले दक्षिण कोरियाको सेमीकन्डक्टर क्षेत्रका लागि आवश्यक तीनवटा प्रमुख रसायनमा निर्यात प्रतिबन्ध लगाउँदै प्रतिकार गरेपछि मून आश्चर्यमा परे । यसले दक्षिण कोरियालाई अप्ठ्यारोमा पार्यो ।
आबेले गरेको प्रतिकार अलिक बढ्तै भए पनि मूनले उनलाई अनावश्यक रूपमा जिस्काएका थिए । परम्परागत रूपमा कोरियाली राजनीतिकर्मीहरूले आफ्नो रेटिङ बढाउन जापानविरोधी कार्ड खेल्ने गरेका छन् । दक्षिण कोरियामा आर्थिक वृद्धि सुस्त भए पनि मूनको समर्थक सूचकांक बढिरहेको छ ।
अहिले मूनलाई राजनीतिक लाभ प्राप्त भइरहेको छ । जापानविरोधी प्रदर्शन, बहिष्कार र सन् १९४५ अघि जापानले गरेका ज्यादतीका विषय मिडियामा उठिरहँदा विपक्षी दलले पनि मूनकै समर्थन गर्नुपर्ने बाध्यता छ । तर मूनले आर्थिक वृद्धि निकै घटेको स्थितिको सामना गर्नुपर्ने हुन सक्छ । मून सरकार जनताको विचार अनुसार चल्ने गरेको बताउँछ र जनताहरूलाई जापान ऐतिहासिक रूपमा शत्रुराष्ट्र हो भनी पढाइएकाले द्वन्द्व घटाउने काम अप्ठ्यारोमा परेको छ ।
मूनले कोरियाको भन्दा तीन गुणा ठूलो अर्थतन्त्रका रूपमा रहेको जापानविरुद्ध काउन्टर रणनीति बनाउन नसकेको देखिन्छ । तेस्रो पक्षलाई सहयोगका लागि उनले गरेको याचनामा कुनै सुनुवाइ भएको छैन । गत साताको विश्व व्यापार संगठन बैठकमा कुनै पनि देशले कोरियाको पक्ष लिएन । अमेरिकाले पनि यस विषयमा कुनै हस्तक्षेप गर्न मानेको छैन ।
यसमा अझै समस्या आउने देखिन्छ । आबेको मन्त्रिपरिषद्ले कोरियालाई प्राथमिकता दिइएका आयातकर्ताको श्वेत सूचीबाट हटाउने कि नहटाउने भन्ने विषयमा यसै साता निर्णय लिनेछ ।
किम विरुद्ध मून
मूनले निःशस्त्रीकृत क्षेत्र पारिबाट थप बेइज्जतीको सामना गर्नुपरेको छ । मूनको शासनको प्रमुख कार्य भनेको दुई कोरियाबीचको सम्पर्क विस्तार हो । मून आफैंले किम जोङ–उनसँग तीनवटा शिखरवार्ता गरिसकेका छन् । उनी अहिलेसम्मका दक्षिण कोरियाली राष्ट्रपतिभन्दा एक कदम अघि बढेर उत्तरसँग सम्पर्क बढाइरहेका छन् ।
तर मूनले किमसँग बनाएको सम्बन्धको कुनै परिणाम हासिल भएको देखिँदैन ।
मूनले गत सेप्टेम्बर महिनामा प्योङयाङ पुगेर किमलाई भेटे । किमले त्यतिखेर डिसेम्बरमा सउल आउने प्रतिज्ञा गरेका थिए । उनले त्यो भ्रमण गरेको भए ऐतिहासिक कदम हुने थियो । तर अज्ञात कारणले गर्दा किमको सउल भ्रमण हुन सकेन । मूनले आफूलाई प्योङयाङ र वाशिङटनबीचको मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने इच्छा बारम्बार देखाउँदा त्यसलाई उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले मजाक उडाउने गरेको छ ।
फेब्रुअरी महिनामा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग किमको असफल शिखरवार्ताभन्दा अघि र पछि मूनले किमलाई भेट्ने इच्छा देखाएर सार्वजनिक वक्तव्य दिएको भए पनि किम मौन रहे । अनि ट्रम्प र किमबीच जुन महिनामा निःशस्त्रीकृत क्षेत्रमा अचानक भएको भेटघाटमा दुई नेताले सँगै खिचाएको फोटोको बढी महत्त्व देखियो भने मूनले सम्भव तुल्याएको भेटवार्तालाई खासै वास्ता गरिएन ।
गत साता नाटकीय रूपमा कुरा बिग्रियो । दक्षिण कोरियाले प्रस्ताव गरेको ५० हजार टन खाद्य सहायतालाई जुलाई २४ मा प्योङयाङले अस्वीकार गर्यो । दक्षिण कोरिया र अमेरिकाबीच हुन लागेको सैन्य अभ्यासको बहाना देखाएर यो अस्वीकार गरिएको थियो ।
त्यसको एक दिनपछि उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाका युद्धपिपासुहरूलाई चेतावनी दिन यो परीक्षण गरिएको उत्तरले बतायो ।
आजै मात्र पनि उत्तर कोरियाले थप दुई क्षेप्यास्त्र परीक्षण गरेको छ ।
अमेरिका र दक्षिण कोरियाको साझेदारीमा दक्षिण कनिष्ठ साझेदार हुनु नै मूनको त्रासदी हो । उत्तर कोरियाका लागि प्योङयाङ र वाशिङटनबीचको सम्बन्ध सउलसँगको सम्बन्धभन्दा महत्त्वपूर्ण छ । त्यसमाथि पहिलोपटक अमेरिकाका राष्ट्रपतिले उत्तर कोरियाका नेताको कुरा सुन्न थालेका छन् ।
मून कूटनीतिक जीतका लागि उत्तर कोरियातर्फ ढल्किन्छन् कि ढल्किँदैनन् भन्ने कुरा स्पष्ट छैन तर अहिलेका लागि किम उनका ठूला चुनौती होइनन् ।
सबैको तारो
अमेरिकाले चीन र उत्तर कोरियाविरुद्ध जापान र दक्षिण कोरियालाई सुरक्षा दिने प्रत्याभूति गरेको हुँदा सउल र टोक्योबीचको विवाद वाशिङटनको हस्तक्षेपबाट समाधान हुने धेरैले विश्वास गरेका छन् । तर अमेरिकाले यसतर्फ कुनै कदम चालेको छैन । त्यसो नहुन्जेल दक्षिण कोरियाको स्थितिलाई भाइरल भइरहेको एक इन्टरनेट मिमले प्रस्ट पार्छ ।
एउटा तस्वीर छ जसमा चारजना मानिसले भुइँमा लडेको एक व्यक्तिलाई लात हानिरहेका छन् । लात हान्ने व्यक्तिहरूमाथि चीन, जापान, उत्तर कोरिया र रुसका झण्डा राखिएका छन् ।
अनि कुटाइ खाने असहाय पीडित को नि ? दक्षिण कोरिया ।
एसिया टाइम्समा प्रकाशित एन्ड्रु साल्मोनको विश्लेषण
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...