कात्तिक २४, २०८०
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
साउन २०, २०७६
काठमाडौं– प्रभु बैंक लिमिटेडले डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखाको रूपमा शे–फोकसुण्डो शाखा कार्यालय र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३औं शाखा कार्यालयको रूपमा डुम्रे शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमवारबाट दुवै शाखा एकैसाथ सञ्चालनमा आएका छन् ।
शे–फोकसुण्डो शाखा कार्यालयको समुद्घाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङ्गले सोमवार बिहान ९ः३० बजे गरे । त्यसैगरी डुम्रे शाखा कार्यालयको समुद्घाट्न बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले सोही समयमा गरे ।
शे–फोकसुण्डो शाखा कार्यालयको समुद्घाटन गर्दै समारोहका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष टसी तुण्डुप गुरुङ्गले शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रूपमा नेपालकै अति विकट गाउँपालिकाको रूपमा रहेको बताए ।
यातायात, सञ्चार तथा विद्युत् आपूर्ति समेतको अभाव रहेको गाउँमा प्रभु बैंकको स्वयंको अग्रसरतामा सौर्य ऊर्जाबाट विद्यूत निकाली भि–स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दाहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन सक्रियता देखाउनु प्रसंसनीय भएको उनले बताए ।
समुद्री सतह देखि करिब ४,२०० मिटरको उचाईमा रहेको साल्दाङ्गस्थित शे–फोकसुण्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणहरूलाई प्रभु बैंकको अत्याधुनिक प्रविधी सहितको गुणस्तरीय बैंकिङ सुविधा उपभोग गर्न पाउने अवसर प्राप्त भएको छ ।
बैंकको डुम्रे शाखा कार्यालयको समुद्घाट्न गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि पूर्णसिंह थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे ।
डुम्रे शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रूपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने उनको विश्वास छ ।
आजदेखि सञ्चालमा आएका शे–फोकसुण्डो तथा डुम्रे शाखा कार्यालयबाट प्रवाह हुने प्रभु बैंकको बैंकिङ सेवाबाट दुवै क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
शे–फोसुण्डो शाखा सञ्चालन पश्चात् नेपाल राष्ट्र बैंकद्वारा प्रभु बैंकलाई तोकिदिएको स्थानीय निकायमा खोल्नु पर्ने सबै शाखा खोली सञ्चालनमा आइसकेको दाबी बैंकले गरेको छ ।
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...