×

NMB BANK
NIC ASIA

नेपालमै बेचिन थाल्यो क्यान्सर कारक प्लास्टिकको चामल ? सावधान !

साउन २४, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

वीरगञ्ज – प्लास्टिकको चामल बिक्री वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी २ बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ । 

Muktinath Bank

छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न भण्डारमा छापामारी अनुसन्धानका लागि २ बोरा चामल नियन्त्रणमा लिएको हो । टोलीले अनुसन्धान भइरहेको भन्दै गोदाम सिल गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीलाई कार्यवाही गरिने भन्दै पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गलत गर्ने व्यापारीको विरुद्धमा उपभोक्ता जागरुक हुनुपर्ने बताए । प्लास्टिकको चामलको प्रयोगले क्यान्सरजस्ता गम्भीर रोग लाग्ने भएकाले यस्ता चामलको प्रयोगबाट टाढा रहन चिकित्सकले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।


Advertisment
Nabil box
Kumari

३ करोडको माछा नष्ट

Vianet communication

असारको अन्तिम साता आएको बाढीबाट बारा जिल्लास्थित माछा सुपरजोनमा ३ करोड ३० लाख २४ हजार ७१३ रुपैयाँ मूल्य बराबरको माछा नष्ट भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम लागू भएको बारा जिल्लाको सिमौनगढ नगरपालिका, पचरौता नगरपालिका, आदर्शकोतवाल गाउँपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका तथा सुवर्ण गाउँपालिकाको विभिन्न वडामा रहेको माछापोखरीमा बाढीको पानी पस्दा सो मूल्य बराबरको माछा क्षति भएको वरिष्ठ कृषि अधिकृत गणेश मिश्रले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत माछा सुपरजोनका ८२ दशमलव १ हेक्टर क्षेत्रफल बाढीले कटान गरेको थियो । माछाको उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले संघीय सरकारले आर्थिक वर्ष २०७३/०७४ सालदेखि यस जिल्लामा उक्त कार्यक्रम लागू गरेको हो । सो कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि २ करोड ९३ लाख ८२ हजार बजेट विनियोजन गरेको छ ।

जसअन्तर्गत ४० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गर्नाका साथै साना सिँचाइ लगायतका काम गरिने सो कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x