×

NMB BANK
NIC ASIA

आन्तरिक रस्साकस्सी

नेकपा अध्यक्षद्वय घनीभूत छलफलमा : पार्टीको शक्ति सन्तुलन फेरिँदैछ ?

साउन २८, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वदेश फर्केलगत्तै पार्टीभित्रको आन्तरिक विवादका विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निरन्तर संवाद र परामर्शमा लागेका छन् ।

Muktinath Bank

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए भने २८ गते सोमवार स्वदेश फर्केका थिए । प्रधानमन्त्री फर्केपछि अध्यक्ष प्रचण्डसँग बालुवाटारमा परामर्श गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटमा समसामयिक राजनीति र पार्टी एकीकरण प्रक्रिया टुंग्याउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ । मंगलवार पनि भेटघाटको कार्यक्रम रहेको छ ।


Advertisment
Nabil box
Kumari

‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सोमवार साँझ भेट भएको थियो र भेटमा समसामयिक राजनीतिका बारेमा चर्चा भयो,’ प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने, ‘उहाँहरू आज पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ र भोलि बोलाइएको सचिवालय बैठकमा विभागहरूका बारेमा ठोस निर्णय गर्न आज सहमतिको प्रयास हुनेछ ।’

Vianet communication

यसअघि पटक–पटक बसेको सचिवालय बैठकले कुनै निष्कर्ष दिन नसकेपछि गत साउन १४ गते अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमण भन्दै दुबईतिर उडेका थिए भने १८ गते स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिंगापुर गएका थिए । 

१५ दिन स्थगित भएको सचिवालय बैठक मंगलवार बोलाइएको थियो । मंगलवार गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको छ । 

‘पार्टी विभागका विषयमा सचिवालय बैठकले निर्णायक कदम चाल्नुपर्नेमा उहाँहरू एकदम सिरियस हुनुहुन्छ,’ एक सचिवालय सदस्यले भने, ‘सचिवालय बैठकको मिति पटक–पटक तोक्ने र बैठक स्थगित गर्ने कामले आम जनता र कार्यकर्ताबीच राम्रो सन्देश गइरहेको छैन । लामो समयसम्म अड्केर बसेको एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन दुवै निरन्तर छलफल परामर्शमा हुनुहुन्छ ।’

विभागमै अड्को 

गत साउन १३ गते बसेको सचिवालय बैठक पार्टीका नेताहरूको इच्छा बुझेर विभागको नेतृत्वबारे सहमति जुटाउने भन्दै १५ दिनका लागि स्थगित गरिएको थियो ।

दुवै अध्यक्ष विदेश भ्रमणमा लागेपछि पार्टीभित्र नेताहरूको इच्छा बुझेर प्रतिवेदन तयार पार्ने जिम्मा महासचिव विष्णु पौडेलले लिए । पार्टीभित्र ४ सय ४१ केन्द्रीय सदस्य रहेकोमा अध्यक्षद्वय र महासचिवबाहेक १ सय ६९ को जिम्मेवारी तोक्न अझै बाँकी छ । 

पौडेलले जिम्मेवारी पाउन बाँकी रहेका अधिकांश नेताहरूलाई उनीहरूको रुचि र इच्छाका बारेमा सोधिसकेको र त्यसलाई प्रतिवेदनमा समेटिएको जानकारी दिएका छन् । अधिकांश नेताहरूले पार्टीका विभागहरूमा सचिवालय सदस्यले आँखा गाड्न नहुने सुझाव दिएका थिए । मंगलवार बस्ने भनिएको सचिवालयमा महासचिव पौडेलले तयार पारेको प्रतिवेदन पेश गर्न कार्यक्रम रहेको थियो । 

पार्टीको शक्ति सन्तुलन फेरिँदैछ ?

पार्टीभित्रको विवादलाई स्थायी रूपमा हल गर्ने विषयलाई लिएर गत आइतवार वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार गए । प्रधानमन्त्री ओली सोमवार मात्र स्वदेश फर्केका हुन् । 

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच ४ घण्टाभन्दा बढी छलफल भएको थियो । छलफल विभाग र पोलिटब्यूरोका विषयमा केन्द्रित रहेको थियो । भेटमा नेपालले स्कूल विभागमा देखिएको विवाद टुंग्याउन तत्कालका लागि अध्यक्षद्वयकै मातहतमा स्कूल विभाग राख्न सकिने सुझाव दिएको स्रोत बताउँछ । नेता नेपाल ईश्वर पोखरेललाई स्कूल विभाग दिन नसकिने पक्षमा उभिँदै आएका छन् । 

नेता नेपालले पार्टीको अन्तर्राष्ट्रिय विभागको नेतृत्व पाउने पक्कापक्की जस्तो भएको छ । अर्का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नीति तथा प्रतिष्ठानको जिम्मेवारी पाउने मोटामोटी सहमति पहिल्यै बनिसकेको थियो । 

सचिवालय बैठक स्थगित भएको १५ दिनमा नेकपाभित्रको शक्ति सन्तुलन नै परिवर्तन हुने परिस्थिति देखापरेको छ । नेता नेपाल र प्रचण्डको आइतवारको लामो छलफलले ओलीपक्ष झस्किएको जस्तो देखिन्छ भने पार्टीभित्र कतिपय विषयमा प्रचण्डलाई साथ दिएका वामदेव गौतमले लोकान्तरमा लामो आलेख लेख्दै पार्टीको कार्यदिशा ‘जनताको जनवाद’ हुन नसक्ने धारणा व्यक्त गरेपछि प्रचण्ड पक्ष झस्किएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x