गोहीको मुखमा खरबुजा फ्याँकेपछि... (भिडियो)

भदौ २, २०७६

काठमाडौं – गोहीका दाह्रा निकै बलिया हुन्छन् । उसको दाह्राको बीचमा पर्ने कुरा चकनाचुर हुन्छ । त्यो दाह्रा देखेर धेरैलाई डर लाग्छ । 

तर यहाँ राखिएको भिडियोमा गोहीको दाह्रा देखेररमाइलो लाग्छ । 


ADVERTISEMENT

सेन्ट अगस्टाइन एलिगेटर फार्म जूलोजिकल पार्कले आफ्नो फेसबूक पेजमा शेयर गरेको १२ सेकेन्डको भिडियोमा एकजनाले गोहीको खुला दाह्रामा खरबुजा फ्याँकेको देखिन्छ । 

खरबुजा मुखमा परेपछि गोहीले तत्कालै मुख बन्द गर्छ र खरबुजा अनेकौं टुक्रा हुन्छ । 

अगस्ट ८ मा पोस्ट गरिएको भिडियोमा ३३७ रियाक्सन आइसकेको छ । 

एजेन्सी

भदौ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस