सीजीले पठायो आफ्ना उत्कृष्ट डिलर सञ्चालकलाई स्वीट्जरल्याण्ड र पेरिस भ्रमण

साउन २९, २०७६

काठमाडौं– नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट बिक्री लक्ष्य पूरा गर्न सफल ३६ जना डिलरका प्रतिनिधिलाई स्वीट्जरल्याण्ड र पेरिस भ्रमणमा पठाएको छ ।

त्रिभुवन विमानस्थलमा सीजीका भीपी तथा सीजी ब्राण्डका सेल्स हेडबाट बधाई तथा शुभयात्रा ज्ञापन गरी बिदाइ गरियो ।


ADVERTISEMENT

एक साताको उक्त टूरमा नेपालभरिका डिलरहरूको सहभागिता रहेको छ ।

आफ्ना डिलरहरूबीच गहिरो नाता कायम गर्ने उद्देश्यले गरिएको उक्त भ्रमणमा सम्पूर्ण डिलरहरू उत्साहित र खुशी देखिएको दाबी सीजीको छ ।
 

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस