कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडौं – लोकसभा चुनावमा पार्टी हारेपछि कांग्रेस अध्यक्ष पदबाट राहुल गान्धीले राजीनामा दिने प्रस्ताव गरेको लगभग ७५ दिनपछि उनको राजीनामा स्वीकार त गरियो तर कांग्रेस अझै पनि गान्धी परिवारकै कब्जामा छ ।
पार्टीका सबै वरिष्ठ नेता मिलेर सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाउन सफल रहे । सोनिया अध्यक्षमा फर्केपछि राहुल गान्धीको राजनीतिक भविष्यको बाटो साँघुरिएको छ ।
राहुल अध्यक्ष भएपछि किनारामा धकेलिएका वा भूमिका खुम्च्याइएका नेताहरूले नै सोनियालाई अध्यक्ष बनाएका हुन् । लगभग दुई दशकसम्म पार्टीका सबै सानाठूला निर्णयमा प्रमुख भूमिका निर्वाह गर्ने नेताहरूलाई राहुलको नेतृत्व रहँदा पार्टीका निर्णयहरू लिइसकेपछि मात्र थाहा हुन थालेको थियो । उनीहरूको अस्तित्वलाई नै यसले खतरामा पारेको थियो र उनीहरू कुनै न कुनै परिवर्तनको पक्षमा थिए ।
राहुलले राजीनामा दिएको साढे २ महिनासम्म नयाँ अध्यक्षको खोज चलिरह्यो । तर पटकथा यस्तोसँग तयार भयो कि पार्टीको नेतृत्व सोनिया गान्धीको हातमा आइलाग्यो । परिवर्तित परिस्थितिमा राहुल नेतृत्वमा फर्किन गाह्रो देखिन्छ ।
सोनियालाई अन्त्रिम अध्यक्ष बनाइएको भए पनि उनले बढीमा दुई वर्ष अध्यक्ष चलाउने अनि त्यसपछि प्रियंका गान्धीले पार्टी चलाउने अनुमानहरू गरिएका छन् ।
भारतीय जनता पार्टीले कांग्रेसमाथि परिवारवादका विषयमा लगातार आक्रमण गरेपछि राहुलले आफ्नो राजीनामापछि गान्धी परिवारको कुनै पनि सदस्य अध्यक्ष नबन्ने कुरा बताएका थिए । तर कांग्रेस पार्टीमा गान्धी परिवारको नेतृत्वले मजबूती र एकजुटताको ग्यारेन्टी दिने मान्यता छ ।
सोनिया पुनः अध्यक्ष बनेपछि राहुलका लागि सम्भावनाहरू क्षीण बनेका छन् । यसका अनेकौं कारण छन् । पहिलो, राहुल आफैं । उनी परिवारले नेतृत्वको जिम्मेवारी लिन नहुने मान्यता राखेका छन् । त्यसैले उनी आफैं अध्यक्ष हुन नचाहलान् ।
दोस्रो, पार्टीका वरिष्ठ नेताहरूले बुझेका छन्– राहुलले एकचोटि निर्णय लिएपछि उनलाई त्यसबाट विमुख गर्न गाह्रो छ ।
तेस्रो, राहुल युगमा सोनियाका बफादार तथा वरिष्ठ नेताहरूलाई पार्टीमा अस्तित्व कायम गर्न गाह्रो परेको थियो । यी नेताहरूको खेमाले पनि राहुललाई नेतृत्वमा फर्काउन चाहँदैन ।
एजेन्सी
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...