जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा, भीड नियन्त्रण गर्न प्रहरीले हान्यो अश्रुग्यास

साउन ३१, २०७६

चितवन - जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रवार साँझ भएको ढुंगामुढामा ५ प्रहरी घाइते भएका छन् । प्रहरी चौकीमा रबी लामिछानेको समर्थक समूहले ढुंगामुढा गरेको थियो ।

प्रहरीले केही थान अश्रुग्याँस हानेको बताएको छ ।


ADVERTISEMENT

टेलिभिजन कार्यक्रम प्रस्तोता रबी लामिछानेसहित ३ जनालाई पक्राउ गरेर पत्रकार शालिकराम पुडासैनीको हत्याको विषयमा अनुसन्धान गरिरहेको छ ।

आजै उनीहरूलाई थप ५ दिनको म्याद लिएर हिरासतमा राखेको हो ।

शुक्रवार दिउँसैदेखि लामिछानेका केही समर्थकहरू प्रदर्शनमा उत्रिएका थिए ।

साउन ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस