×

NMB BANK
NIC ASIA

वाग्मतीको फोहरलाई मोहोरमा परिणत गरिँदै

साउन ३२, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौँ- वाग्मती नदीलाई मुहानदेखि नै स्वच्छ बनाउने अभियानअन्तर्गत गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रबाट फोहर हाल्न नदिने गरी व्यवस्था गरिएको छ । 

Muktinath Bank

नदीमा हालिने कुहिने फोहरलाई कम्पोष्टविनमा राखी मल बनाउने अभियान शुरु भएको हो । गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने वर्षकै ठूलो मेलाका अवसरमा गत वर्षदेखि यस्तो अभियान शुरु गरिएको थियो । मुहानदेखि नै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले यो उदाहरणीय काम शुरु गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मञ्चले आज २८९ औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमै गरेको छ । भदौ ११ गते गोकर्णे औँसीको तयारीस्वरुप मन्दिर क्षेत्रमा सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिउ । 
गत वर्ष मञ्चले भाद्र कृष्ण औँसीका दिन एउटा पनि टपरी नदीमा फाल्न नदिई कम्पोष्टविनमा राखेको थियो । त्यो कम्पोष्टविन आज खोलेर हेर्दा दुई ट्रक कम्पोष्ट मल जम्मा भएको भेटियो । यो सबै क्षेत्रका सफाइ अभियानकर्मीका लागि उदाहरण हुनसक्छ ।


Advertisment
Nabil box
Kumari

मल आजै माकालबारीस्थित बज्रयोगिनी नर्सरीलाई दिइएको थियो । नर्सरीले वाग्मती नदी किनारको विभिन्न स्थलमा रोप्न बिरुवा दिने जनाइएको छ । वाग्मतीको मुहानदेखि नै नदीलाई सफा बनाउन यस्तो अभियान शुरु गरिएको जनाइएको छ ।

Vianet communication

मञ्चले कुहिने फोहरलाई खाडल खनेर गाडी नकुहिने फोहरलाई व्यवस्थापन गर्दै आएको छ । यसो गर्दा फोहरलाई मोहोरमा रुपान्तरण गर्न सकिने भएकाले गुह्येश्वरीमाथिको नदी क्षेत्रमा यो अभियान बिस्तार गरिने मञ्चले जनाएको छ । 
मञ्चले गुह्येश्वरीभन्दामाथिको वाग्मती सफाइ गर्ने गरी पूर्व मुख्यसचिव लीलामणि पौडेसँग जिम्मेवारी लिएको थियो । त्यसअनुरुप हाल यो क्षेत्रको वाग्मती उदाहरणीय बन्न थालेको छ । यस क्षेत्रका विभिन्न स्थानमा बगैँचा बनाइएको छ । फलस्वरुप बेलुकी मानिस नदी किनारमा जम्मा भएर बस्न थालेका छन् ।

वाग्मती–रुद्रमती दोभानमा ३२७ औँ हप्ता    

वाग्मती सफाइ महाअभियानको ३२७ औँ हप्तामा बुद्धनगरस्थित नदी किनारमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । १९ संस्थाको सहभागितामा भएको सफाइमा ३०० जनाभन्दा बढी अभियानकर्मीको उपस्थिति रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिइन् ।  

सफाइमा तीनवटै सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौँ महानगरपालिकालगायतको संस्थागत सहभागिता थियो । वाग्मती र रुद्रमती नदी किनारमा भएको कार्यक्रममा ओम शान्तिले विभिन्न जातका १०० बिरुवा पनि रोपेको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हरिालाल तण्डुकारलगायत पनि सहभागी भएका  थिए ।   

रुद्रमती सफाइको २८१ हप्तामा मैतीदेवी मन्दिर क्षेत्रमा सफाइ गरियो । सफाइमा महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मी सहभागी भएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए । 

विष्णुमती सफाइ महाअभियानको २५४ औँ हप्तामा टोखा नगरपालिका–११ मनोहर तीर्थबाट वडा नं ९ को नयाँबसपार्कसम्म सफाइ गरियो । नेपाली सेना, नेपाल प्रहरीलगायत स्थानीयवासीको सफाइमा सहभागिता थियो । जनचेतनामूलक कार्यक्रमसँगै गरिएको सफाइमा वडा कार्यालयले फोहर व्यवस्थापनका लािग डष्टविन र कम्पोष्टविन बाँडिएकाले लिन समेत आह्वान गरिएको थियो । 

गुह्येश्वरीमा नयाँ अभियान

वाग्मतीको तिलगङ्गा क्षेत्र सफाइको २२७ औँ हप्तामा त्यस क्षेत्रमा कुहिने फोहर खाडल खनेर पुरियो । नकुहिने फोहरलाई व्यवस्थापन गरिएको अभियानकर्मी आशा पाण्डेले जानकारी दिइन् । वाग्मतीलगायत नदी अभियानबाट प्रेरित भई गुह्येश्वरीको पञ्चकन्या टोलले अभियान शुरु गरेको छ । 

अभियान शुरु गर्नुहुँदै अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले नदी सफा गर्न किनारका प्रत्येक टोलवासी सक्रिय हुनुपर्नेमा जोड दिए । गुह्येश्वरी–पञ्चकन्या टोल सुधार समितिका अध्यक्ष हरिबहादुर पाण्डेले आजदेखि प्रत्येक शनिबार बिहान सातबजेदेखि सफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । 

आलोकनगर सफाइ अभियानको १२५ औँ हप्तामा लोकेश्वर महादेव मन्दिर परिसरबाट शुरु गरी श्रीनगर गणेश मन्दिर तथा पार्क परिसरमा सफाइ गरियो । सफाइका क्रममा जनचेतनामूलक जागरणसमेत फैल्याइएको संयोजक प्रमिला पौडेलले जानकारी दिए  ।

चक्रपथ सरसफाइ अभियान २०७१ को १०५ औँ हप्ताको कार्यक्रम बफलबाट कलङ्कीको स्यूचाटारसम्म सफाइ गरिएको थियो । सफाइबाट दुई ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी पनि सहभागी भएका थिए । सफाइ अभियान गाउँपालिकामा पनि शुरु गर्ने उनको प्रतिबद्धता थियो । उत्तर क्षेत्रको चक्रपथ सफाइ अभियानको १२४ औँ हप्तामा ग्रिनसिटी अस्पतालबाट बिपी स्मृति अस्पतालसम्म सफाइ गरियो । सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । सफाइमा २०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

यसैगरी वाग्मतीको सुन्दरीघाट, मनोहरालगायत स्थानमा पनि सफाइ गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियान प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ । प्रत्येक हप्ता दुई घण्टा राष्ट्रका लागि भन्ने नाराका साथ देशभर १०५ भन्दा बढी स्थानमा सफाइ अभियान भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x