×

NMB BANK
NIC ASIA

‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’ः ज्ञानेन्द्र मल्ल

भदौ २, २०७६

NTC
फाइल फोटो
Premier Steels

दमौली- “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने,“सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।”

Muktinath Bank

उपकप्तान मल्लले शुरुआती चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव सुनाए । “आज आफू जुन स्थानमा छु, त्यो सबै सफलता क्रिकेटबाट प्राप्त गरेको हुँ”, उनले भने, “जति दिन क्रिकेट खेल्छु, पूर्ण आत्मविश्वासका साथ खेल्छु ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यास नगरपालिकाले युवा परिषद्का सदस्यका लागि आइतबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपकप्तान मल्लले परिश्रम र लगावले नै मानिसलाई सफल बनाउने बताए  । “जो व्यक्तिले परिश्रम गर्छ त्यो व्यक्ति सधैँ सफल हुनेमा कुनै द्विविधा छैन”, उनले भने । नेपाली क्रिकेट टोलीको सवल पक्षका बारेमा सहभागीले सोधेको प्रश्नको उत्तर दिँदै मल्लले एकता नै नेपाली क्रिकेट टोलीको सवल पक्ष रहेको बताए  ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय टोलीको कप्तान हुन मन लाग्दैन ? भन्ने प्रश्नको जिज्ञासा मेटाउँदै उपकप्तान मल्लले भने,“त्यस्तो भावना कहिल्यै पनि आएन, सधैँ एउटाले मात्रै पद लिएर बस्ने होइन, बरु अरु साथिलाई त्यो स्थानसम्म पुर्‍याउन पाए मलाई खुशी लाग्छ ।” 

Vianet communication

कार्यक्रममा राष्ट्रिय महिला धावक मिरा राईलेसमेत आफ्नो अनुभव सुनाएका थिए । गरीब परिवारमा जन्मिएर पूर्व लडाकु हुँदै दौडमार्फत नेपालको नाम विश्वमाझ चिनाउन पाउँदा आफूलाई गर्व लाग्ने गरेको उनको भनाइ थियो ।

परिषद्का ४० सदस्य सहभागी उक्त  अभिमुखीकरण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सविना कार्की, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ, युवा अभियन्ता सचिन तिमिल्सेना, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतले आ–आफ्नो अनुभव सुनाए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अभिमुखीकरणपश्चात् नगरपालिकाका लागि जागरुक युवा तयार भएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x