×

NMB BANK
NIC ASIA

काठमाडौं – पूर्व राजदूत केशव झाको हत्या भएको १ वर्ष पुुग्न २ बाँकी छँदा सानुकान्छा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

केशव झाकी पत्नीको जाहेरीमा तामाङलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौं प्रमुख  वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) उत्तमराज सुवेदीले लोकान्तरलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँ (केशव झा) को श्रीमतीको जाहेरीको आधारमा हामीले तामाङलाई उनकै घरबाट पक्राउ गरेका हौं,’ सुवेदीले थपे, ‘सम्मानीय अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं ।’


Advertisment
Nabil box
Kumari

प्रहरीको अनुसन्धानले धेरै प्रमाण सानुकान्छातर्फ आकर्षित भएकाले हत्यारा उनै भएको पनि हुनसक्ने एसएसपी सुवेदीले बताए ।

Vianet communication

हत्या भएको १ वर्ष (भदौ ४ गते पुग्दै) पुग्दैछ तर पनि ‘हाई प्रोफाइल हत्याकाण्ड’को रहस्य सुल्झिन नसकेको समयमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

२०७५ भदौ ४ गते आफ्नै घरमा बसिरहेको अवस्थामा पूर्व राजदूत झाको हत्या भएको थियो । ८० वर्षीय झाको बन्द कोठामा पुगी छुरी प्रहार गरी हत्या भएको थियो । प्रहरीले घटनालगत्तै अनुसन्धानका लागि सुरक्षा गार्ड ४८ वर्षीय सानुकान्छा तामाङ, माली ५३ वर्षीय आइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । 

हत्याकाण्डको अनुसन्धानमा प्रहरीको तालिमप्राप्त कुकुर समेत गरेको थियो तर तत्कालीन अवस्थामा कुकुरले कुनै पनि तथ्य पत्ता लगाउन सकेका थिएनन् । घटना भएलगत्तै प्रहरीले अनुसन्धानमा ‘जर्मन सेफर्ड म्याक्स’ कुकुर प्रयोग गरेको थियो । 

कुकुरले घरभित्रै हत्या भएकोतर्फ संकेत गरेपछि माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई प्रहरीले पोलियोग्राफदेखि नार्काे (औषधिले लठ्ठ पारेर प्रश्न सोध्ने विधि) बाट अनुसन्धान गरेको थियो तर उनीहरूले ‘क्लिन चिट’ पाएका थिए ।

सेक्युरिटी गार्ड सानुकान्छा तामाङलाई ललितपुरको पाटन अस्पतालमा लगेर नार्को विधिबाट सोधपुछ गरिएको थियो । २०७५ भदौ ४ गते केशव झाको हत्या भएपछि प्रहरीले सेक्युरिटी गार्ड सानुकान्छा तामाङ, माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङमाथि आशंका गर्दै पोलियोग्राफ र नार्काे समेत गरेको तर उनीहरूले ती परीक्षणमा कुनै संकेत पाइएको थिएन ।

परराष्ट्र सेवामा ३४ वर्ष व्यतित गरेका झा फ्रान्सका लागि २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म नेपाली राजदूत थिए । उमेरले ८० पुगिसकेको भएपनि पछिल्लो समय पनि उनी सामाजिक कार्यमा सक्रिय थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x