×

NMB BANK
NIC ASIA

ललितपुरमा सय बढीले लिए अपाङ्गता परिचयपत्र

भदौ ३, २०७६

NTC
Premier Steels

ललितपुर – ललितपुर महानगरपालिकाबाट १ महिनामा १ सय १२ अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्र लिएका छन् ।

Muktinath Bank

महानगरपालिकाले योजनाअघि बढाएको १ महिना अवधिभरमा ५२ महिला र ६० पुरुषले सो परिचयपत्र लिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत असार २५ गतेदेखि सो योजना अघि बढाइएको महानगरपालिकाको महिला विकास शाखा प्रमुख अधिकृत महेश्वरी विष्टले जानकारी दिए । उनले भने, ‘महानगरबाट पूर्ण अपाङ्गतामा ११ महिला र २२ पुरुष, अति अशक्तमा २९ महिला र ३१ पुरुष, मध्यम अपाङ्गतामा १२ महिला र छ पुरुष तथा साधारण अपाङ्गतामा एक पुरुषले मात्र परिचयपत्र लिनुभएको छ ।’ महानगरले सो परिचयपत्र वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिको चाप बढेको बताइएको छ ।  


Advertisment
Nabil box
Kumari

अपाङ्गता परिचयपत्र वितरणका अलावा अन्य विभिन्न काममा पनि ध्यान दिनुुपर्ने भएकाले भदौदेखि महिनाको २ पटक ५ र २० गते वितरण गर्ने योजना अघि बढाइएको विष्टले बताए । परिचयपत्रले अपाङ्गता भएका व्यक्तिलाई यातायात, अस्पताल र हवाइमार्गमा छुटको सुविधा दिलाउन सहयोग गर्छ ।

Vianet communication

महानगरको वडा नम्बर ६ मा ५६, ७ मा ५६ र ८ मा ५८ अपाङ्गता भएका व्यक्ति रहेका शाखाका महिला विकास अधिकृत शोभा खरेलले बताइन् । उनले भनिन्, ‘महानगरका अन्य २६ वडामा अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलनको काम अघि बढेको छ, सबै वडामा तथ्यांक संकलन गर्ने काम समाप्त भएपछि नयाँ अपाङ्गताका हकमा नयाँ कार्यक्रम ल्याउनेछौं ।’ 

विगतमा अपाङ्गता परिचयपत्र पुस्तक ढाँचामा प्रकाशन भएको थियो भने हाल नागरिकता प्रमाणपत्र आकारमा भित्रिएको छ । महानगरमा सो परिचयपत्र लिन आउने व्यक्तिले अनिवार्यरूपमा सम्बन्धित वडा कार्यालयको सिफारिश, तस्वीर टाँसेको निवेदन, उमेर पुगेको हकमा प्रमाणका लागि नागरिकता र उमेर नपुगेको हकमा जन्मदर्ता, बसाइँसराइ गरेको भए सोको पत्र, अस्पष्ट अपाङ्गता भएकाको हकमा अस्पतालको पत्र ल्याउनुपर्ने हुन्छ ।

महानगरपालिकाको महिला विकास शाखाले ‘क’ वर्गको परिचयपत्र लिने अपाङ्गता भएका व्यक्तिलाई परामर्श दिने गरेको छ । ‘क’ वर्गको अपाङ्गता भएका मानिसमा मनोरोगको समस्या देखिएसँगै परामर्श दिन शुरू गरिएको छ । 

यस्ता मानिस समाजमा बाहिर ननिस्कने तथा यिनले अरुसँग मनको कुरा खोल्न नपाउने हुँदा मनोरोग बढेको बताइएको छ । नेपालमा अपाङ्गतालाई चार प्रकारमा वर्गीकरण गरी १० भागमा विभाजन गरिएको छ ।

शारीरिक, दृष्टिसम्बन्धी, सुनाइसम्बन्धी, श्रवणदृष्टिविहीन, स्वर तथा बोलाइ,  मानसिक वा मनोसामाजिक, बौद्धिक अपाङ्गता,  हेमोफेलिया र बहुअपाङ्गता भएका व्यक्तिले अपाङ्गताको परिचयपत्र पाउनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x