मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पा – रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा वृद्ध दम्पतीको घर निर्माण गरिएको छ ।
वडा नम्बर ४ डोकेडाँडाका ७५ वर्षीय डिलबहादुर कामीको घर भूकम्पका कारण भत्किएको थियो । आर्थिक स्थिति कमजोर रहेकाले भत्केको घर बन्न सकेको थिएन ।
आर्थिक अवस्था निकै कमजोर रहेकाले उनले आफ्नै लगानीमा घर बनाउन सकेका थिएनन् । विक्रम संवत् २०७२ सालको भूकम्पका कारण घर भत्केको थियो । भूकम्पको मापदण्डअनुसार काम गर्न सक्ने अवस्था नै छैन ।
साँझ–बिहान के खाऊ भन्ने समस्या रहेको दम्पतीलाई सरकारी मापदण्डअनुसार घर निर्माणकार्यले चिन्तित बनाइरहेको थियो ।
सरकारी मापदण्डमा घर बन्न नसक्दा झनै जोखिमको अवस्था रहेकाले गाउँपालिकाले घर बनाउन सहयोग गरेको हो । गाउँपालिकाले घरका लागि कर्कटपाता र कामदार सहयोग गरेको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताए । कामीले नयाँ घर बनेपछि पहिलाको जसरी पानी परेका बेला कता जाने भन्ने चिन्ता हटेको बताए ।
गाउँपालिका प्रशासकीय अधिकृत ज्ञानराम पन्थीले आर्थिकरूपमा विपन्न समुदायका वृद्ध दम्पतीको बसोबासका लागि १ लाख ६० हजार आर्थिक सहयोगमा घर निर्माण गरिएको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कामदार परिचालन गरी एकतले घर निर्माण गरिएको जानकारी दिए ।
कामीको सामाजिक सुरक्षाभत्ता नियमित आम्दानी हो । आम्दानीका नाममा भत्ताबाहेक अरु केही छैन । चौमासिक रूपमा ८ हजार मात्र आम्दानी हुन्छ । उमेरले ७५ नाघेका कामीकी श्रीमती पूर्णकला पनि ६५ वर्ष काटे । केही श्रम गरी २/४ पैसा कमाउन निकै कष्ट छ ।
उनका ३ छोरा र १ छोरी छन् । उनीहरूको विवाह भइसकेको छ । उनीहरूको साथमा अहिले कोही पनि सन्तान बस्दैनन् । वृद्ध दम्पती गाउँपालिकाले बनाइदिएको २ कोठे नयाँ घरमा बस्न पाउँदा उत्साहित छन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...