कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
वीरगञ्ज-पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दै गएपछि यसको सुरक्षा चुनौती बढ्दै गएको छ । पथलैया अमलेखगञ्ज क्षेत्रमा रहेको निकुञ्जको ‘कोर’ क्षेत्रमा राजमार्ग भएकाले सवारी साधनको आवागमन अत्यधिक भएकाले सवारी साधनको ठक्करबाट मृत्यु हुने क्रम बढ्दै गएकाले यसको सुरक्षा चुनौती बढ्दै गएको हो ।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सवारी साधनको ठक्करबाट ४७ वन्यजन्तुको मृत्यु भएको छ । ठक्करबाट दुर्लभ पाटेबाघ एक, जरायो एक, चित्तल १८, बँदेल १५, इन्देन सिभेट एक, सुनगोहोरो एक, बाँदर सात गरी ४७ जनावरको मृत्यु भएको छ ।
यसैगरी गत आव २०७४/७५ मा सवारी साधनको ठक्करबाट सडक दुर्घटनामा परी ३७ जनावरको मृत्यु भएको थियो । निकुञ्जको मध्य भागबाट राजमार्ग गएकाले सवारी साधनहरु अत्यधिक गतिमा गुड्ने गरेकाले जनावरहरुको आवागमनमा नकारात्मक असर परिरहेको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए ।
निकुञ्ज प्रशासनसमक्ष सबभन्दा ठूलो चुनौतीका रूपमा रहेको जनावरहरु सडक दुर्घटनामा मर्ने क्रमलाई रोक्न चालकहरुलाई सचेत गराउने, पर्चा, पम्प्लेट र स्टिकर वितरण गरी चेतना फैलाउने काम शुरु भएको बताइएको छ ।
त्यसैगरी निकुञ्जभित्र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएपछि १६ किलोमिटर सोलार फेन्ट तारबार गरिएको छ । उक्त सौर्य तारबारमा प्रत्येक तीन सेकेण्डमा करेन्ट प्रवाह हुने गरेकाले यसबाट मानव र वन्यजन्तु बीचमा हुने द्वन्द्व केही मात्रामा कम भएको बताइएको छ ।
हाल निकुञ्जभित्र पाटेबाघ १८, गौरीगाई १०५, हात्ती ४५ र गैँडा सात वटा रहेका छन् । पथलैयादेखि अमलेखगञ्जसम्म सात किलोमिटर क्षेत्रमा पेट्रोलियम पदार्थको पाइपलाइन गाडिएकाले बाटो फराकिलो हँुदा सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने क्रम कम भएको निकुञ्ज प्रशासनले जिकिर गरेको छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...