प्रधानन्यायाधीश, न्यायाधीशदेखि संसद्का सचिवसम्मको तलब बढ्यो

भदौ ५, २०७६

काठमाडौं – सरकारले प्रधानन्यायाधीशदेखि संघीय संसद्का सचिवसम्मको तलब वृद्धि गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले साउन १ गतेदेखि नै लागू हुने गरी तलब वृद्धि भएको जानकारी गराएका हुन् ।


ADVERTISEMENT

'सम्माननीय प्रधानन्यायाधीश तथा न्यायधीशहरू, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, उच्च तथा जिल्ला अदालतका न्यायधीश, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त, संघीय संसद्का महासचिव र सचिवका लागि २०७६ साउन १ गते देखि लागू हुने गरी नयाँ तलवमान स्वीकृत गर्ने निर्णय गरिएको छ,' प्रवक्ता बाँस्कोटाले भने ।

कर्मचारीहरूको तलब चालू आवको बजेटमार्फत नै वृद्धि भइसकेको छ । यस्तै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि सांसदहरूसम्मको तलब यसअघि मन्त्रिपरिषद् बैठकबाटै वृद्धि भएको थियो । 

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस